शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार प्रकरणमा मुछिएका थप ७ जनाको नाममा १५ दिने म्याद

आइतबार, ०४ फागुन २०७६, ०९ : २६
आइतबार, ०४ फागुन २०७६

काठमाडौँ । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा थप सात जनाविरुद्ध अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । अदालतका अनुसार १५ दिनभित्र उपस्थित हुने गरी म्याद पठाइएको हो । 
भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द्रप्रसाद ढुंगाना, मालपोत कार्यालय डिल्लीबजारका प्रमुख टीकाराम घिमिरे, मालपोत कार्यालयका सुब्बा टीकाबहादुर बीसी, मालपोत कार्यालय काठमाडौँका खरिदार जीवनाथ पोखरेल, समरजंग कम्पनीका तत्कालीन प्रमुख अर्जुनप्रसाद भण्डारी र मालपोत कार्यालय डिल्लीबजारका नासु श्रीहरि पुडासैनीको नाममा अदालतले म्याद पठाएको हो । 
यसअघि विशेषले अरु ७ जनामाथि पनि म्याद जारी गरिसकेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप