बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानमा घाँटी रेटर युवतीको हत्या

आइतबार, ०४ फागुन २०७६, १० : ३८
आइतबार, ०४ फागुन २०७६

काठमाडौँ । सल्यानको त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको छ । हत्याको ३ दिन भइसक्दा पनि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन ।

कविताको गत शुक्रबार घर नजिकै हत्या भएको थियो ।कविताको स्वाशनली काटेर हत्या भएको अवस्थामा उनको शव भेटिएको सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले रातोपाटीलाई बताए ।

‘शुक्रबार राति ९ बजेसम्म कोठामा एक्लै पढिरहेकी कविता घरका अन्य सदस्य सुतेपछि बाहिर निस्केको हुनसक्ने र त्यही बेला उनको घाँटी रेटर हत्या भएको हुनसक्छ,’ डीएसपी खतिवडाको भनाइ थियो । 

घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप