शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कलेजो सफा गर्नेदेखि कयौं रोगबाट बचाउने एउटै फलः स्याउ

आइतबार, ०४ फागुन २०७६, १० : ४३
आइतबार, ०४ फागुन २०७६

‘एन एप्पल अ डे कीप्स द डाक्टर अवे’ अर्थात हरेक दिन एउटा स्याउ खानुस्, डाक्टरलाई टाढा राख्नुस् । स्याउको अनेकन् फाइदा हुँदाहुँदै कम मात्र मानिसले नियमित स्याउ खाने गर्छन् । तर नियमित स्याउ खाँदा थुप्रै फाइदाहरु हुने गर्छ । 

एक अध्ययनका अनुसार एउटा स्याउमा भारी मात्रामा फ्लेवोनोइड्स पाइन्छ । फ्लेवोनोइड्सले शरीरका एक मात्र होइन थुप्रै समस्याहरुबाट बचाउँछ । 

हरेक दिन एउटा स्याउ खाँदा स्याउमा पाइने यो तत्वले शरीरमा क्यान्सर रोग लाग्नबाट बचाउँछ । 

क्यान्सरबाहेक स्याउ खाँदा मुटु पनि स्वस्थ रहन्छ । स्याउले कोलेस्ट्रोल लेभल सन्तुलित राख्छ । जसले नसा गाँठो पर्न र हृदयघात हुन दिँदैन । 

नियमित स्याउ खाँदा शरीरमा कुनै पनि अंग सुन्निने समस्या आउँदैन । यसले शरीरमा डीएनएको लेभल सन्तुलन राख्छ ।  जसले रगतको क्यान्सर हुन दिँदैन ।
जसलाई भोक नलाग्ने समस्या छ उनीहरुले दिनदिनै स्याउ खानुपर्छ । साथै कलेजो सफा राख्नको लागि स्याउमा कालो नुन र कागतीको रस हालेर खानुपर्छ । 

पाठेघरको अपरेशन गरेकाहरुले हरेक दिन स्याउ खानुपर्छ । साथै, पाठेघर काटेर फाल्नेहरुले कमजोरी, रिगंटा लाग्ने समस्याहरुबाट बच्न स्याउ खानुपर्छ । 

हरेक दिन स्याउ खाँदा रक्तसञ्चार नर्मल हुन्छ । रक्तचाप र मधुमेह जस्ता समस्याका लागि स्याउ खानुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप