बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

आइतबार, ०४ फागुन २०७६, ११ : ४०
आइतबार, ०४ फागुन २०७६

काठमाडौं : धनुषा, कैलाली, मोरङ र रौतहटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । 

धनुषा, हंसपुर नगरपालिका–९ मुढास्थित सडकमा ज.१० प २९७७ नम्बरको मोटरसाइकल र ज।११ प ६३९० नम्बरको मोटरसाइकल शनिबार दिउँसो एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका हंसपुर नगरपालिका–६ सोनिगामा बस्ने १८ वर्षीय नविन कुमार रायको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । 

साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनामध्ये १ जनाको प्रादेशिक अस्पताल जनकपुरमा र १ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

कैलाली, लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित सडकमा से.०१ त ५६५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा च्यापिएर गम्भीर घाइते भएका चालक लम्कीचुहा नगरपालिका–७ बस्ने ४२ वर्षीय कृष्ण चौधरीको टिकापुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । 

मोरङ, रतुवामाई नगरपालिका–१ कल्याणपुरस्थित सडकमा बिग्रिएर पार्कीङ गरी राखेको को।२ त.२८०० नम्बरको ट्याक्टरमा को–२७ प ४६५० नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रतुवामाई नगरपालिका–१ सोनापुर बस्ने २२ वर्षीय आबिद मिँयाको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चालक रतुवामाई नगरपालिका–१ सोनापुर बस्ने २० वर्षीय राम कुमार गिरीको सोही अस्पतालमा उपचार भइरहेको  छ ।

रौतहट, चन्द्रपुर नगरपालिका–१ स्थित सडकमा ना–१ ज ६७८४ नम्बरको टाटा सुमो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका सुमो चालक मकवानपुर चौकीटोल बस्ने ४० वर्षीय जीवन भोलनको चपुर प्रा.लि.हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप