बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तस्बिरमा यस्तो देखियो गण्डकी प्रदेश सरकारको दोस्रो वार्षिकोत्सव

आइतबार, ०४ फागुन २०७६, १२ : ५९
आइतबार, ०४ फागुन २०७६

पोखरा । गण्डकी प्रदेश सरकारले स्थापनाको दोस्रो वर्ष भव्य समारोहकाबीच मनाएको छ । आइतबार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्षिकोत्सव समारोह मनाइएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र अन्य मन्त्रीहरुसहित प्रदेश सभाका सांसद र अन्य उच्चपदस्थहरु सहभागीता थियो । 

गण्डकी प्रदेश सरकारले स्थापनाको २ वर्ष पुगेको अवसरमा ५० पृष्ठ लामो पुस्तक विमोचन गरिएको छ । 

यस्तै, गण्डकी प्रदेशका मुख्य—मुख्य पर्यटकीय गन्तव्यहरु समेटिएको १५ मिनेट लामो वृत्त चित्र प्रदर्शन गरिएको छ । 

कार्यक्रममा प्रदेश सरकारले उत्कृष्ट कार्य सम्पादन गर्ने १८ जना कर्मचारीलाई पुरस्कृत गरियो । 

प्रदेश सरकार २ वर्ष पुगेको अवसरमा शुभकामना मन्तव्य राख्दै प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले भाषणले मात्रै सबैकुरा बुझाउन परे प्रदेश सरकारमाथि प्रश्न चिह्न खडा हुन सक्ने भन्दै सचेत बनाएका थिए । भाषणको भरमा मात्रै जनता प्रदेश सरकारको पक्षमा हुन नसक्ने उनको तर्क थियो । 

यस्तै, कार्यक्रमका प्रमुख खतिथि अमिक शेरचनले प्रदेश सरकार स्थापनाको दुई वर्षमा पुग्नु सामान्य कुरा नभएको बताए । प्रदेश प्रमुख शेरचनले प्रदेशका जनताको जीवनस्तरमा कति परिवर्तन ल्याउँन सरकार सफल भयो भनेर आँकलन गर्ने दिन भएको हुनाले पनि यो दिन महत्वपूर्ण रहेको बताए । 

पुराना लोकतान्त्रिक देश हुँ, भन्नेहरुले पनि संघीय शासन व्यवस्था नभएको जिकिर गर्दै उनले भोका÷नाँगा जनताको जीवनस्तर उकास्न सके प्रदेश सरकारको महिमा झनै बढेर जाने बताए । 

गण्डकी प्रदेश स्रोत र साधनले धनी हुँदा हुँदै पनि ति सबैको प्रयोगमा आउँन नसकेको उनले उल्लेख गरे । प्रदेश सरकारलाई प्राकृतिक सम्पदाको उचित प्रयोग गर्दै विकास निर्माणमा लाग्न उनले प्रदेश सरकारलाई निर्देशन पनि दिएका थिए । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार स्थापनाको दुई वर्षमा पुगेपछि संघियता चल्छ कि चल्दैन भनेर जिज्ञासा राख्नेहरुलाई गतिलो जबाफ मिलेको बताए । ‘प्रदेश सरकार राजमार्गको दोबाटोमाँझ आएको छ,’ उनले भने, ‘प्रदेश सरकार चल्छ कि चल्दैन भनेर प्रश्न उठाउँनेहरुलाई यही नै उत्तर हो । संघीय शासन प्रणालीले हरियो बत्ति बालिसकेको छ ।’

६७ वर्ष लडेर ल्याएको व्यवस्थाले यात्रा सुरु गरेको उनको भनाई थियो । दुई वर्ष भित्र प्रदेश सरकारको अथक प्रयास पछि संघ सरकार पनि सफल भएको उनको दाबी थियो । संघीय सरकारको मुल सार प्रदेश सरकारसंग जोडिएको औल्याउँदै उनले तिन तहको सरकारमा प्रदेश सरकार महत्वपूर्ण रहेको बताए । साथै गण्डकी प्रदेश सरकार जहिले पनि भुँइचालो ल्याउँने प्रदेश सरकारको रुपमा संघमा चिनिने पनि उनले दाबी गरे । 

दुई वर्षको अवधिमा कानुनी जग बसालेको बताउँदै उनले अब कानुनको अभावमा छामछुम गर्नुपर्ने अवस्थामा प्रदेश सरकार नरहेको जिकिर गरे । 

दुई वर्षको अवधिमा प्रदेश सरकारले गरेका मुख्य उपलब्धि सुनाउँदै उनले प्रदेश सरकारले बनाएका ३७ विधेयकमध्ये ३२ वटा पास भई सकेको बताए । जिरो लेभलबाट सुरु भएको प्रदेश सरकार भवन निर्माणका लागि जग्गा प्राप्तिदेखि गण्डकी विश्वविद्यालय सञ्चालनको काममा अघि बढी सकेको उनले सुनाए । 

अरुलाई दोष दिएर उम्किने ठाउँ अब नरहेको बताउँदै उनले प्रदेश र संघ सरकारको साझा अधिकारको विषयमा कानुन निर्माण गर्दा सल्लाह गर्न आवश्यक रहेको बताए । गण्डकी प्रदेशलाई उज्यालो प्रदेश र एक घर एक धारा लगायतका प्रदेशका कार्यक्रमहरु पनि अघि बढी रहेको उनले सुनाए । 

गण्डकी प्रदेशमा २८ सय कर्मचारीको दरबन्दी रहेकोमा २१ सय जनाले नियुक्ति पाएको उनको भनाइ छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप