शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिनालेबाट गायब थिए बिग बोस १३ का यी चार प्रतिस्पर्धी, के हो कारण ?

आइतबार, ०४ फागुन २०७६, १३ : ०८
आइतबार, ०४ फागुन २०७६

देशको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस १३ को यात्रा १४० दिनपछि समाप्त भयो । १३ औं सिजनका विजेता बने टिभी जगतका चर्चित नाम, सिद्धार्थ शुक्ला । शनिबार भएको बिग बोस १३ को ग्रान्ड फिनाले निकै भव्य थियो । फिनालेमा शीष ६ प्रतिस्पर्धीका परिवार–साथीभाइबाहेक सिजनका १३ पूर्व प्रतियोगी पनि उपस्थित भए । तर बिग बोस १३ का चार पूर्व प्रतिस्पर्धी फिनाले नाइटबाट गायब भए ।

ग्रान्ड फिनालेमा पुगेनन् ४ प्रतिस्पर्धीः

बिग बोसको फिनालेमा कोयना मित्रा, सिद्धार्थ डे, खेसारी लाल यादव र अरहान खान उपस्थित भएनन् । सिद्धार्थ डे फिल्मफेयर अवार्डको तयारीमा व्यस्त थिए । त्यसकारण उनी फिनाले नाइटमा आउन सकेनन् । कार्यक्रम प्रस्तोता सलमान खानले सिद्धार्थ डेसँग भिडियो कल गरेर कुराकानी पनि गरेका थिए । सिद्धार्थ डे फिनालेमा उपस्थित हुन नसकेको कारण त थाहा भयो तर कोयना मित्रा र अरहान खान उपस्थित नहुँदा भने प्रश्न उठ्न थालेको छ ।

 यद्यपि, बिग बोसलाई पछ्याउनेहरुसँग यो कारण लुक्न सकेको छैन । कोयना मित्राले बिग बोसबाट बाहिरिएपछि सलमान खान र निर्मातामाथि प्रश्न उठाएकी थिइन् । कोयनाले ट्वीट गरेर सलमान माथि पनि विभिन्न टिका टिप्पणी गरेकी थिइन् । उनको यस्तै व्यवहारका कारण सलमानले उनलाई फिनालेमा देख्न नचाहेको पनि हुनसक्छ । त्यसकारण कोयनालाई शोमा वाइल्ड कार्डमार्फत् पनि बोलाइएन । ।

अरहान खानको कुरा गर्ने हो भने उनको बिग बोसको यात्रा पनि निकै विवादास्पद रह्यो । अरहानले रश्मि देसाईसँग आफ्नो विवाह र बच्चाबारे लुकाएका थिए । त्यसपछि सलमान खानले अरहानको नेशनल टिभीमा पोल खोलिदिए । सलमान खानले अरहानसँग भेट्न नचाहेको  खबर सार्वजनिक भएको थियो । त्यसकारण पनि उनलाई फ्यामिली विकमा बोलाइएको थिएन । फिनाले एपिसोडमा रश्मिकी आमा उनलाई सपोर्ट गर्न आएकी थिइन् । रश्मिले अरहान खानसँग कार्यक्रममा नै ब्रेकअप गरेकी थिइन् । यस्तोमा अरहान फिनालेमा आएको भए स्थिती तनावयुक्त हुन सक्थ्यो । त्यस्तै, खेसारी लाल फिनालेमा किन पुगेनन् भन्ने कारण पत्ता लाग्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप