बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायत र बहराइनका विद्यालयसँग भगिनी सम्बन्ध गाँसेर गुल्मीमा विद्यालय भवन निर्माण

आइतबार, ०४ फागुन २०७६, १५ : ३८
आइतबार, ०४ फागुन २०७६

गुल्मी ।  विद्यालय सुधार कार्यक्रम अन्तर्गत गुल्मीमा युनाइटेड वर्ल्ड स्कुल  (युडब्लुएस ) नामक संस्थाले सुविधासम्पन्न विद्यालय भवन निर्माण गरेको छ । सो संस्थाले नौवटा विद्यालय भवन निर्माण गरिरहेको छ । जसमध्ये सात वटा विद्यालय भवन निर्माण सम्पन्न भैसकेका छन् भने दुइ वटा विद्यालयका भवन निर्माणाधिन छन् । नौ वटै विद्यालय भवनको एउटै आकार र रंङ्ग समेत एकै प्रकारका हुने निर्माण पक्षले जनाएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्लाको रामपोखरी प्रावि, वडानम्बर ४ जैसीथोक वरवोट रोकायचौरको देविस्थान प्रावि, मालिका गाउँपालिका ७ को वरारुख आधारभूत विद्यालय, ५ को शिद्ध आधारभूत विद्यालय, मदाने गाउँपालिका २ को बाँझकटेरीमा रहेको श्री पञ्चमीपोखरी प्राथामिक विद्यालयका भवन बनिसकेका छन् भने रेसुङ्गा नगरपालिका–६ को साउनेथुम प्रावि र ईस्मा गाउँपालिका–६ को वुल्म आधारभूत विद्यालय निर्माणाधीन छन् । 

भवन बनेर पठनपाठन सुरु भएका विद्यालयको वातावरण अन्य निजी तथा सरकारी विद्यालयको भन्दा राम्रो रहेको सरोकारवालाहरुको भनाइ छ । 

युडब्लुएसका संस्थापक सुर्य कार्कीका अनुसार गुल्मीमा अर्को  बर्षको अन्तिमसम्म  त्यस्ता विद्यालय २० वटा पुग्नेछन् । 

सांसद गोकर्ण विष्टको निर्वाचन क्षेत्रका सबै वडामा त्यस्ता विद्यालयहरु स्थापना गर्ने लक्ष्य  लिएको  कार्कीको भनाइ छ । यसरी बनाइएका विद्यालय भवनहरु आकर्षकमात्रै नभइ महिला र वालमैत्री शौचालय, शुद्ध खानेपानी तथा सुविधा सम्पन्न फर्निचर, सवै प्रकारका शैक्षिक सामग्री, अंग्रेजी माध्यामबाट पठानपाठनलगायतका विशेषता हुनेछन् । ३० देखि ३५ लाख लागतमा निर्माण हुने विद्यालय भवन दुई महिनामै ११ कोठासम्मका भवन तालिमप्राप्त कामदारले सम्पन्न गर्ने गरेका छन् ।

कार्यक्रम अन्तर्गत विद्यालय भवन बनेपछि पहिलाको तुलनामा शैक्षिक गुणस्तर र विद्यार्थीहरुमा स्कुल जाने प्रवृति बढेको रामपोखरी प्राविका प्रधानध्यापक   मुक्तिराम पराजुली बताउँछन् । उनका अनुसार  उक्त  संस्थाले ३ जना  स्वयम सेवक शिक्षक संस्थाले नै तलव दिएर राखेको छ  । संस्थापक कार्कीले आफ्नो संस्थाले स्थापना गरेका विद्यालयहरु बेलायत, वहराईन, सिंगापुर लगायतका मुलकमा रहेका विद्यालयसँग भगेनी सम्वन्ध स्थापना गरेर ती विद्यालयहरुले नेपालका विद्यालयहरुलाई बार्षिक १० लाख रुपैयाँ अनुदान दिएर कार्यक्रम चलाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप