मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री हुने

आइतबार, ०४ फागुन २०७६, १५ : ३८
आइतबार, ०४ फागुन २०७६

नेपाल राष्ट्र बैङ्कले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैङ्कले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैङ्कले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैङ्कले यसअघि माघ २७ गते रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप