बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फागुन ८ गते अल्फा बिटा एशियन एजुकेसन फेयर हुँदै

आइतबार, ०४ फागुन २०७६, १८ : २१
आइतबार, ०४ फागुन २०७६

काठमाडौेैं– अल्फा बिटाले नयाँ बानेश्वर स्थित आफ्नै भवन अल्फा बिटा कम्प्लेक्समा एशियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ । मेला बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म सन्चालन हुने छ । 

भारत, जापान, मलेशिया, भियतनाम लगायतका एशियन राष्द्रहरुमा अध्ययन गर्न नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको बेला यि देशहरुका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई स्ूचना दिने उद्देश्यले मेला आयोजना गर्न लागेको अल्फा बिटाका प्रेसिडेन्ट तथा सि.इ.ओ. द्विराज शर्माले जानकारी दिए ।

मेलामा २० वटा उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता हुनुका साथै विद्यार्थीहरुले शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाई हुने कोर्ष लगाएतका विषयमा सहि जानकारी पाउनेछन् । मेलामा एक हजार पाँच सय देखि दुई हजार विद्यार्थी सहभागि हुने अपेक्षा गरिएको छ ।

अल्फा बिटाले अष्ट्रलियासहित विश्वका १४ राष्ट्रका ३०० भन्दा बढी उत्कृष्ट विश्वविद्यालय तथा कलेजका लागि परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । अल्फा बिटाले निरन्तर रुपमा विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि योगदान गरे बापत बिभिन्न पुरस्कार समेत प्राप्त गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप