बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै दुई अर्बको कारोवार

आइतबार, ०४ फागुन २०७६, १८ : ३१
आइतबार, ०४ फागुन २०७६

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २० अङ्कले बढेको छ । साताको पहिलो दिन आज विभिन्न चार कम्पनीको शेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा पुगेको हो । 

यस्तै सेन्सेटिभ परिसूचक १.५८ ले वृद्धि भई २८५.८२ मा पुगेको छ । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ । कूल १७६ कम्पनीको ४१ लाख पाँच हजार १३४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ८१ लाख आठ हजार ७०१ बराबरको कारोवार भयो । 

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । वित्त ३.३४, अन्य २.६८ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ । यस्तै बैंकिङ ५.१५, व्यापार ११.०२, होटल ६.९५, विकास बैंक ४.५४, जलविद्युत् ९.४५, निर्जीवन बीमा ४१६।७९, उत्पादन ५३.९४, लघुवित्त ५७.८१, जीवन बीमा ३९८.६९ ले बढेको छ । 

कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १८ करोड चार लाख २० हजार ३१५ बराबरको कारोवार भएको छ । 

यस्तै शिवम् सिमेन्ट रु १३ करोड पाँच लाख २६९, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड ४७ लाख ११ हजार ४४७, सूर्या लाइफ इन्सुरेन्स कम्पनी रु छ करोड ९६ लाख ७३ हजार ७०, शिखर इन्सुरेन्स कम्पनी रु छ करोड ७८ लाख ८९ हजार २६३, नेपाल इन्सुरेन्स कम्पनी रु पाँच करोड ७७ लाख ७७ हजार ४१ र नेको इन्सुरेन्स कम्पनी रु पाँच करोड ६८ लाख १४ हजार ८१४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

बजारले ‘बुलिस ट्रेन्ड्र’ पछ्याउँदा विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक प्रभाव देखिएको हो । राधी विद्युत् कम्पनी ९.४९, एनएलजी इन्सुरेन्स ९.४६, ङादी ग्रुप अफ पावर ९.२४, नेपाल हाइड्रो ९.२३ र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले ९.१० प्रतिशतले कमाए । 

यस्तै नबिल ब्यालेन्स फन्ड दोस्रो ६.६७,  सेन्ट्रल फाइनान्स ५.८८, जानकी फाइनान्स ५.०२, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स ३.५७, नबिल इक्विटी फन्ड ३.१७ र मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले २.८१ प्रतिशतले गुमाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप