रौतहटको मौलापुरमा हुने मधानी महायज्ञको तयारी पुरा
आइतबार, ०४ फागुन २०७६, १९ : १९
रौतहट । रौतहटको मौलापुरमा हुने मधानी महायज्ञको तयारी पुरा भएको छ । फागुन ६ गतेबाट सुरु हुने महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुने आयोजकले जनाएको छ ।
भ्रमण बर्ष २०२० लाई लक्षित मौलापुर नगरपालिकाले महायज्ञ आयोजना गरेको हो । महायञ आयोजक मौलापुर नगरपालिकाले तयारीबारे जानकारी दिन आईतवार आयोजित पत्रकार सम्मेलनमा संघीय सांसद प्रभु साहले महायज्ञले प्रदेश २ को धार्मिक पर्यटनमा सहभयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मौलापुर नगरपालिकाका लेखा अधिकृत पवन महतोले राष्ट्रपतिको प्रमुख आतिथ्यमा हुन गईरहेको महायज्ञको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
महायज्ञ फागुन १२ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ