शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इरान अमेरिकासामू कहिले पनि झुक्नेछैनः रुहानी

सोमबार, ०५ फागुन २०७६, ०८ : ५९
सोमबार, ०५ फागुन २०७६

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौता तोडे र त्यसपछि यस वर्षको सुरुवातमा ३ जनवरीमा अमेरिकाले इरानका प्रभावशाली सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गर्‍यो, त्यतिबेलादेखि यी दुई देशबीचको दुश्मनी चरम स्थितीमा छ ।

ट्रम्प सत्तामा आएपछि नै इरानमाथि ‘म्याक्सिमम प्रेशर’ को नीति अपनाइरहेका छन् । यसअन्तर्गत इरानमाथि विभिन्न प्रकारको कडा आर्थिक प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि कुनै पक्ष झुक्न तयार छैनन् । आइतबार इरानका राष्ट्रपति हसन रुहानीले एक पत्रकार सम्मेलनमा इरानले दबाबमा आएर कहिले पनि कुराकानी सुरु नगर्ने बताएका छन् ।

हसन रुहानीले भने, ‘हामी अमेरिकी दबाब सामू झुक्नेछैनौं । बाध्यतामा हामी अमेरिकासँग वार्तालाप सुरु गर्नेछैनौं ।’

यद्यपि, अमेरिकाको कडा आर्थिक प्रतिबन्धले इरानको अर्थव्यवस्गाको स्थिती नाजुक अवस्थामा पुगेको छ ।

प्रतिबन्धका कारण इरानले आफ्नो तेल बेच्न पाइरहेको छैन । इरानले अमेरिकासँग नयाँ परमाणु सम्झौतालाई लगातार खारेज गर्दै आएको छ । इरानले जबसम्म अमेरिका सन् २०१५ को परमाणु सम्झौता बहाल गर्दैन र आर्थिक प्रतिबन्ध हटाइँदैन तबसम्म कुनै कुराकानी सुरु नहुने बताउँदै आएको छ ।

रुहानीले भने, ‘इरानविरुद्ध अमेरिकाको ‘अधिकतम दबाब’ को नीति विफल भइसकेको छ । हाम्रो दुश्मनलाई राम्रोसँग थाहा भइसकेको छ कि दबाबको उसको रणनीति बेकारको साबित भइसकेको छ । इरानको मद्दत बिना संवेदनशील इलाका मध्य–पूर्वमा शान्ति र स्थिरता सम्भव छैन । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप