शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाहको एक महिनापछि कुकुरले टोक्यो, चार महिनादेखि परिवारले बाँधेर राखे, अहिले मृत्यु

सोमबार, ०५ फागुन २०७६, ०९ : ३७
सोमबार, ०५ फागुन २०७६

भारतको बटालाका विक्की नामका एक व्यक्तिको ६ महिना अघि धुमधामले विवाह भएको थियो । विवाहको एक महिनापछि नै उनलाई कुकुरले टोक्यो । उपचार पनि गराइएको तर कुनै फाइदा नभएको बताइन्छ ।

भारतीय मिडियामा प्रकाशितसमाचार अनुसार जब उनलाई कुनै उपचारले छोएन तब वरिपरिका मानिसहरुका लागि खतरा देखेर परिवारले बाध्यतामा आएर करिब चार महिना अघि उनलाई घरकै बेडमा बाँधेर राखे । कुकुरले टोकेको करिब पाँच महिनापछि विक्कीको आइतबार बिहानै मृत्यु भएको छ ।

कुकुरले दिमागको जति नजिक टोक्यो, त्यति छिटो फैलन्छ रेबिजः

पशु चिकित्सक मनबीर सिंहले रेबिज रोगले गलाको मांसपेशी खराब बनाउने जानकारी दिए । जसका कारण बिरामीलाई खानपिनमा समस्या हुन्छ । कुकुरले मानिसको दिमागको जति नजिक टोक्छ, त्यति नै चाँडो मृत्यु हुने उनले बताए ।

परिवारले भने, ‘पशु प्रेमका कारण भयो विक्कीको मृत्यु’

स्रोतका अनुसार कुकुरले विक्कीलाई टोक्ने बित्तिकै उनको उपचार गरिएको थिएन । तर केही दिन पछि कुकुरको मृत्यु भयो, त्यसपछि विक्कीको स्वास्थ्य पनि बिग्रदैं गयो । विक्कीलाई थुप्रै अस्पतालमा उपचार गराइयो तर कुनै सुधार देखिएन । विक्कीलाई रेबिज लागिसकेको थियो त्यसकारण उनले आफ्नै परिवारलाई पनि टोक्न सुरु गरिसकेका थिए । विक्कीका आफन्त सुरजारामले भने, ‘विक्कीलाई जनावरसँग निकै प्रेम थियो, उनले उक्त कुकुर घरमै पालेका थिए । आफैंले पालेको कुकुरले टोक्दा उनको मृत्यु भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप