शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली सरकार शिक्षा क्षेत्रलाई तहसनहस बनाउनतिर लाग्योः नैनसिंह महर

सोमबार, ०५ फागुन २०७६, ११ : ४३
सोमबार, ०५ फागुन २०७६

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले वर्तमान सरकार नेपालको शिक्षा क्षेत्रलाई तहसनहस गर्न उद्धत रहेको बताएका छन् ।

राजधानीको नयाँ बानेश्वरमा आयोजित ‘शिक्षा क्षेत्रका चुनौतीहरु र समाधान’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेविसंघका पूर्वअध्यक्ष समेत रहेका नेता महरले ठूलो लगानी र मिहिनेतका साथ तयार पारिएको  उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन शैक्षिक माफियाहरुको दबाबमा परेर १ वर्ष बितिसक्दा समेत दराजमा थन्काएर राखेको बताए ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संविधानको प्रतिकुल हुनेगरी शिक्षा नीति ल्याएकोले शैक्षिक वातावरण समेत विथोलिएको नेता महरको भनाइ छ ।

विश्वविद्यालयहरुमा व्यापक राजनीतिकरण र भागबण्डा गरेर नेपाल संस्कृत, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सूदुरपश्चिमाञ्चल, पोखरा र कृषि तथा वनविज्ञान विश्वविद्यालय र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि नेतृत्वविहिन भएको उनले दाबी गरे ।

वर्तमान नेकपा सरकारले कुुरा समाजवादका गरे पनि काम भने अवसरवाद उन्मुख भएको नेता महरको तर्क छ ।

वर्तमान सरकार हरेक मोर्चामा असफल रहेको भन्दै काण्डैकाण्डमा तल्लीन समेत रहेको नेता महरको आरोप छ ।

शिक्षा र स्वास्थ्यमा जनताका छोराछोरीको समान पहुँच पुर्याउन शिक्षा र स्वास्थ्य राज्यको नियन्त्रणमा ल्याउनुको विकल्प नरहेको महरले बताए ।  

आफ्ना मान्छेलाई पोस्ने सरकारको रबैयाका कारण विश्वविद्यालय निमित्तको भरमा चलिरहेका उनले बताए ।

निमित्तको भरमा सञ्चालित सबै विश्वविद्यालयको आर्थिक, शैक्षिक तथा प्रशासनिक गतिविधि सुस्त भएको महरको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप