मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस्, तेस्रो दिन १० खेल हुदैँ

सोमबार, ०५ फागुन २०७६, १२ : २४
सोमबार, ०५ फागुन २०७६

काठमाडौं–काठमाडौंमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत तेस्रो दिनको खेलमा आन अर्थात फागुन ५ गते सोमबार कुल १० खेल हुँदैछन् । 

तेस्रो दिन लिग चरण अन्र्तगतका ६ खेल हुँदैछन् । जसमध्ये पहिलो खेलमा भारतिय राजदुताबासको टोली मेगा बैंक बिरुद्ध खेल्दैछ भने दोस्रो खेलमा नेपाल लाईफ इन्सुरेन्स र प्राईम बैंक आमनेसामने हुँदैछन् । 

त्यस्तै तेस्रो खेलमा मेगा बैंक र सिप्रदी, चौथो खेलमा कामना सेवा विकास बैंक र कुमारी बैंक, पाचौँ खेलमा माछापुच्छ्रे बैंक र सनराईज बैंक तथा लिग चरणको अन्तिम खेलमा सिप्रदी र भारतिय राजदुताबासको टोली एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । लिगचरण खेल पछि आजै नकआउट चरणका ४ खेल पनि कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा हुनेछन् । 

यसै गरि हिजो अर्थात फागुन ४ गते दोश्रो दिनको खेलमा सुबिसु, सिभिल बैंक, माछापुच्छ्रे  बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, सेन्चुरी बैंक र कुमारी बैकले जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा सुबिसुले नबिल बैंकलाई १ रनले पराजित गर्यो । सुबिसुले दिएको ६१ रनको लक्ष्य पछ्याउने क्रममा नबिलले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो । त्यस्तै दोश्रो खेलमा सिभिल बैंकले प्राइम कमर्सियल बैंकलाई ११ रनले पराजित गरेको थियो । 

सिभिलले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा प्राइमले ५१ रन बनाएको थियो । दिनको तेश्रो खेलमा मुख्य प्रयोजक माछापुच्छ्रे बैंकले सुर्य नेपाललाई ५ रनले पराजित गर्यो ।  माछापुच्छ्रेले दिएको ६० रनको लक्ष्य पछ्याउने क्रममा सुर्य नेपालले निर्धारित ५ ओभरमा ५४मा समेटिएको थियो । 

त्यसैगरि चौथो खेलमा एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकलाई ९ रनले पराजित गर्यो भने पाँचौ खेलमा सिभिल बैकले दोश्रो जित दर्ता गर्ने क्रममा नेपाल लाइफ इन्सुरेन्सलाई ५२ रनले पराजित गर्यो ।

यता  छैठौं खेलमा कामना सेवा विकास बैंकले द काठमाडौँ पोस्टलाई ३७ रनले पराजित गर्यो । त्यस्तै सातौँ खेलमा नबिल बैंकले सुबिसुलाई ५ विकेटले पराजित गर्यो । दिनको आठौँ खेलमा नेपाल टेलिकमले एनसेल ’बि’ लाई १८ रनले पराजित गर्यो । 

दिनको नवौं खेलमा सेन्चुरी बैंकले एनआईसी एसिया बैंकलाई ६ विकेटले पराजित गर्यो । एनआईसी एसिया बैंकले दिएको ६३ रनको लक्ष्य सेन्चुरीले विकेट नगुमाई पुरा गर्यो । दिनको दशौँ तथा अन्तिम खेलमा कुमारी बैंकले द काठमाडौं पोष्टलाई ५ विकेटले पराजित गर्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप