शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सटर भत्काएर अदालतको अवहेलना गरेको भन्दै अर्को मुद्दा

सोमबार, ०५ फागुन २०७६, १२ : ४७
सोमबार, ०५ फागुन २०७६

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर भत्काएसँगै बढेको विवाद अदालतसम्म पुगेको छ । अस्पतालले सदर भत्काएर अदालतको अवहेलना गरेको भन्दै व्यवसायीहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।

अस्पताल प्रशासनलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको अवस्थामा समेत उक्त आदेशविपरीत सटरहरु भत्काइएको भन्दै व्यवसायीका पक्षबाट सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी अर्को मुद्दा दर्ता भएको हो । 

सटर व्यवसायीका तर्फबाट अधिवक्ता रामचन्द्र पौड्यले आइतबार मुद्दा दर्ता गराएको र आज पेसी तोकिने जानकारी दिए । 

व्यवसायीहरुले दायर गरेको रिटमा माघ २२ गते सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले दुबै पक्षलाई फागुन १ गते छलफलमा बोलाउने र त्यतिन्जेलसम्म सटरहरु खाली गराउने विषयको पत्र र यस सम्बन्धमा भए–गरेका निर्णयहरु कार्यान्वयन नगर्नू, नगराउनू भन्दै अन्तरिम आदेश दिएको थियोे। तर  २३ गते बिहानै अस्पताल प्रशासनले सटरमा डोजर चलाएको थियो । 

पांच वर्षका लागि सटर भाडामा लिएका व्यवसायीलाई प्रदेश सरकारले तीन महिनापछि सटर खाली गर्न भनेपछि व्यवसायीहरु अदालत पुगेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप