मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

सोमबार, ०५ फागुन २०७६, १३ : ३७
सोमबार, ०५ फागुन २०७६

जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बलात्कार  गर्नेहरुमध्ये २ जना प्रहरी नियन्त्रणमा रहेको जिप्रका धनुषाले जनाएको छ ।

बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारतको विहार प्रान्त मधुवनी जिल्लास्थित कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्रकुमार सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जनाए । फरार रहेका २ जनाको  खोजी कार्य तिव्ररुपमा भइरहेको प्रहरी निरिक्षक झाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप