शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भाइरसका बिरामीलाई उत्तर कोरियामा मृत्युदण्ड

सोमबार, ०५ फागुन २०७६, १३ : ५९
सोमबार, ०५ फागुन २०७६

उत्तर कोरियामा कोरोना भाइरसबाट ग्रसित एक अधिकारीलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्युदण्ड दिइएको रिपोर्टले बताएको छ । क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै उनलाई यस्तो सजाय दिइएको बताइन्छ ।

ती अधिकारीलाई उक्त घातक रोग सर्नमा सहयोग गरेर धेरैको ज्यान खतरामा पारेको भन्दै तत्काल पक्राउ गरेर मृत्युदण्ड दिइएको दक्षिण कोरियाली समाचार एजेन्सीले बताएको छ ।

स्रोतका अनुसार ती अधिकारीलाई चीनबाट फिर्ता आएपछि एकान्तमा राखिएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ्ग ऊनले जारी गरेको क्वारेन्टाइनबाट कुनै अनुमती बिना बाहिर निस्कन नपाउने आदेशलाई उनले नटेरी बाहिर निस्किएको बताइन्छ ।

उत्तर कोरियाले अहिलेसम्म कुनै पनि संक्रमितको पुष्टि गरेको छैन ।

स्रोतले बताए अनुसार उक्त देशमा चीनबाट फर्किएकाहरु र चिनियाँ व्यक्तिसँगको सम्पर्कमा रहनेलाई क्वारेन्टाइनमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप