बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आवश्यकताले कानून मन्त्रालयको जिम्मेवारी पाएँ: मन्त्री तुम्बाहाङ्फे

सोमबार, ०५ फागुन २०७६, १८ : ५४
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले आवश्यकताले कानून मन्त्रालयको जिम्मेवारी पाएको बताएकी छिन् । पदभार सम्हालेपछि आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री तुम्बाहाङ्ले मन्त्रालयको जिम्मेवारी कसैले दिएको नभइ आवश्यकताले दिएको बताएकी हुन् ।

उपसभामुखबाट राजीनामा दिएपछि कानून मन्त्रालय दिने योजना सहमति भएको थियो ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले कुनै योजनाबद्ध नभइ आवश्यकताले जिम्मेवारी पाएको बताएकी हुन् । ‘यो लिने दिने चिज होइन् । यो आवश्यकता हो । आवश्यकताले मन्त्रालयको जिम्मेवारी पाइएको हो’, उनले भनिन् ।

उपसभामुख पदमा रहेका काम गर्दाको अवस्था र अहिलेको अवस्था फरक रहेको उल्लेख गर्दै तुम्बाहाङ्फेले संसदमा सिस्टम बसालेर आफु बाहिरिएको बताइन् । ‘गत माघमा राजीनामा दिँदै गर्दा आफुले युटर्न गर्छु भनेको थिए ।

त्यसैअनुसार मन्त्रालयको जिम्मेवारीमा आए, जिम्मेवारी निर्वाह गर्दा फिल्डभित्र बसेर काम गर्दा प्रभाव हुन्छ भनेर नै जिम्मेवारी सम्हालेको हुँ’, उनले भनिन् । उनले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप