शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महरा प्रकरण : यस्तो छ रोशनीको मेडिकल जाँच गर्ने डाक्टरको रिपोर्ट

सोमबार, ०५ फागुन २०७६, १९ : १८
सोमबार, ०५ फागुन २०७६

काठमाडौँ । बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महरा सोमबार जिल्ला अदालत काठमाडौंको फैसलाबाट निर्दोष सावित भइ रिहा भए । 

मुद्दालाई लिएर महरा दोषी ठहर भइ जेल चलान हुने वा निर्दोष साबित भइ रिहा हुने भन्नेबारे थरीथरीका टिकाटिप्पणी भएका थिए । तर जिल्ला अदालत काठमाडौंले महरा रोशनीको डेरामा पुगेको प्रमाण नभएको तथा यौन दुर्व्यवहार भएको प्रमाण पनि नभएको भन्दै उनलाई निर्दोष साबित गरिदियो । 

उनलाई निर्दोष साबित गराउन भूमिका खेल्ने एउटा महत्त्वपूर्ण कागज रातोपाटीले फेला पारेको छ । 

रातोपाटीलाई प्राप्त उक्त कागज रोशनीको स्वास्थ्य परीक्षणको कागज हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतल महाराजगन्जमा भएको रोशनीको स्वास्थ्य परीक्षणमा रोशनीको शरीरको विभिन्न स्थानमा घाउचोट भएपनि यौनाङ्गहरुमा कुनै चोट नभएको उल्लेख छ । त्यसैगरी डाक्टरको रिपोर्टमा रोशनीको मानसिक अवस्था सन्तुलित नरहेको भन्दै उनलाई मनोपरामर्शको आवश्यकता देखिएको बताइएको छ । 

हेर्नुहोस्, मेडिकल रिपोर्ट

त्यसैगरी रोशनीको स्वास्थ्य परीक्षण गराउने टिचिङ अस्पतालकी डाक्टर आहना श्रेष्ठले अदालतसमक्ष गरेको बयानमा पनि रोशनीलाई मनोपरामर्शको आवश्यकता रहेको बताएकी छिन् । रोशनीको स्वास्थ्य परीक्षणमा निलडाम तथा केही स्थानमा सुन्निएको देखिएपनि यौन दुर्व्यवहारको अवस्था नदेखिएको उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप