शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

सोमबार, ०५ फागुन २०७६, १९ : २५
सोमबार, ०५ फागुन २०७६

बुटवल । रुपन्देहीको मर्चवारमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार राती ११ बजे सम्मरीमाई गाउँपालिकमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । आइतबार राती किशोरी बलात्कृत भएपनि घटना सोमबारमात्र बाहिर आएको हो ।

सम्मरीमाई गाउँपालिका ३ स्थित एक गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी किशोरीलाई घर बाहिर बोलाएर नजिकै बन्दै गरेको भवनमा लगेर ३ युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पीडितका आफन्तले आज इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।

बालिकाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । बालिकाका बुवा अस्वस्थ रहेका कारण उनको उपचारका लागि आमा–बुवा दुवै भारतको मुम्बईमा रहेका छन् । बालिकाका हजुरबुवा, एक बहिनी र भाई सँगै बस्दै आएकी छन् ।

बलात्कारमा संग्लन तीन युवक पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहार ईलाका प्रहरी कार्यालय मर्चवारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता  खड्गबहादुर खत्रीले रातोपाटीलाई बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप