शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खुमलटार पुगेलगत्तै आफूमाथि लगाइएको आरोपबारे बोले महरा (विज्ञप्तिसहित)

सोमबार, ०५ फागुन २०७६, १९ : ४९
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । निवर्तमान सभामुख  कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको प्रतिक्रिया दिएका छन् । डिल्लीबजार कारगारबाट निजी निवास खुमलटार पुगेलगत्तै एक विज्ञप्ति जारी गरी महराले सो प्रतिक्रिया दिएका हुन् । महरालाई  जिल्ला अदालत काठमाडौंले आजै सफाई दिएको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ । म सम्मानित अदालतप्रति विशेष आभार एवम् धन्यवाद व्यक्त गर्न चाहान्छु ।’ उनले तत्कालीन सभामुखको जिम्मेवारीमा रहँदा लगाइएको एमसीसी प्रकरणको समेत घुमाउरो ढंगले जवाफ दिएका छन ।

उनले आफु एक देशभक्त नेपालीका रुपमा रहेको र मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहेको दाबी गर्दै भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सँधै थियो,अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सँधै रहिरहनेछ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप