शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुल अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट

मङ्गलबार, ०६ फागुन २०७६, ०८ : ०६
मङ्गलबार, ०६ फागुन २०७६

यो सिजन च्याम्पियन्स लिगको नकआउट चरण पनि सुरु भएको छैन तर साबिक विजेता लिभरपुल भने प्रतियोगिताको अर्को सिजनको लागि छनौट भइसकेको छ । सन् २०२०–२१ सिजनका लागि युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा छनौट हुने लिभरपुल पहिलो टोली हो ।

सोमबार राति भएको खेलमा चेल्सी म्यान्चेस्टर युनाइटेडसँग पराजित भएपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले शीर्ष चार स्थान सुरक्षित गरेको हो ।

१२ खेल बाँकी छँदा योर्गन क्लपको टोली पाँचौँ स्थानमा रहेको टोटनह्यामभन्दा ३६ अङ्कले अगाडि रहेको छ । २६ खेलबाट लिभरपुलको ७६ अङ्क रहँदा टोटनहम ४० अंकमा सिमित छ ।

अब जोसे मोरिन्होको टोलीले बाँकी सबै खेल जित्दा र लिभरपुलले बाँकी सबै खेल हार्दा पनि लिभरपुललाई उछिन्न सक्नेछैन ।

लिभरपुल च्याम्पियन्स लिगको पछिल्ला दुई संस्करणको फाइनलमा पुगेको छ । यो सिजन नकआउट चरणको पहिलो लेगमा मंगलबार एथ्लेटिको म्याड्रिडको सामना गर्दैछ ।

अहिलेसम्मको स्थितिमा म्यान्चेस्टर सिटी प्रतियोगितामा प्रतिबन्धित रहने हुँदा प्रिमियर लिगमा पाँचौ हुने टोलीले प्रतियोगिता खेल्ने अवसर प्राप्त गर्नेछ ।

लिभरपुलले आगामी सबै खेल जिते र म्यान्चेस्टर सिटी र लेस्टर सिटीले अङ्क गुमाए कागजीरुपमा लिभरपुलले मार्च ७ बोर्नेमाउथ विरुद्धको खेल जित्दा प्रिमियर लिगको उपाधि जित्ने सम्भावना छ ।

सबैभन्दा चाँडो लिग उपाधि जित्ने किर्तिमान सर एलेक्स फर्गुसनको म्यान्चेस्टर युनाइटेडको रहेको छ । सन् २०००–०१ सिजनमा युनाइटेडले अप्रिल १४ मा नै उपाधि जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप