बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका भी. अनबिटेबल्स अमेरिकाज् गट ट्यालेन्टका बिजेता

मङ्गलबार, ०६ फागुन २०७६, ०९ : ५९
मङ्गलबार, ०६ फागुन २०७६

‘अमेरिकाज् गट ट्यालेन्टः द च्याम्पियन्स’ मा भारतीय नृत्य समूह भी. अनबिटेलले जीत हासिल गरेका छन् ।

सोमबार आयोजित फिनालेमा भी. अनबिटेबल्सलाई सिजन २ को बिजेतको ताज प्रदान गरियो । ६ हप्ताको उक्त प्रतिस्पर्धामा भी. अनबिटेबलले ४० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो पोल्टोमा पारेको हो । निर्णयक साइमन कोवेलले उनीहरुको प्रस्तुतीलाई संसारकै उत्कृष्ट बताएका छन् ।

२९ जना सदस्य भएको भी. अनबिटेबल मुम्बईको एक डान्स समूह हो । यो समूहले सन् २०१९ मा पनि ‘अमेरिकाज् गट ट्यालेन्स’ मा भाग लिएका थिए । गत वर्ष उनले गेस्ट जज ड्वजेन वेडबाट गोल्डेन बजर पनि पाएका थिए ।  त्यतिबेला उक्त समूहले चौथो स्थान हासिल गरेको थियो । यसवर्षको ‘अमेरिकाज् गट ट्यालेन्टः द च्याम्पियन्स’ भने उनीहरुले बाजी मारेरै छोडे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप