मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

माधुरी दिक्षितको डेब्यू फिल्ममा ‘हिरो’ बनेका तापसको छोरीलाई भेटेर फर्कंदा निधन

मङ्गलबार, ०६ फागुन २०७६, ११ : १७
मङ्गलबार, ०६ फागुन २०७६

बंगाली नायक तथा तृणमूल कांग्रेसका पूर्व सांसद तापस पालको मंगलबार हृदयघातका कारण निधन भएको छ ।  उनी आफ्नी छोरी भेट्न मुम्बई गएका थिए ।

भारतीय संचार माध्यमका अनुसार कोलकाता फिर्ता हुनका लागि जब उनी एयरपोर्टमा थिए तब उनलाई छाती दुख्यो । उनलाई जुहूको अस्पताल पुर्‍याइएको जहाँ उनको बिहान ४ बजे निधन भयो ।

समाचार एजेन्सी पिटिआईका अनुसार उनलाई पहिलेदेखि नै मुटुजन्य रोग थियो र पछिल्लो दुई वर्षमा थुप्रै पटक यसका कारण अस्पताल गइसकेका थिए ।

बंगाली नायक रंजीत मैलिकले पालको निधनमा भने, ‘मैले भर्खरै यसबारे जानकारी पाएको छु । उनको स्वास्थ्य केही दिन अघिदेखि नै ठिक थिएन ।’

पश्चिम बंगालको चन्द्रनगरमा जन्मिएका तापसले बायो साइन्समा हुगली मोहसिन कलेजबाट ग्रेजुएशन गरेका थिए । सन् १९८० मा उनले तरुण मजुमदारको बंगाली फिल्म दादर कीर्तिबाट डेब्यू गरेका थिए । फिल्ममा उनीसँग मधु रोय चौधरी, देबर्शी रोय र सन्ध्या रोग थिए । बंगाली सिनेमामा चार वर्ष काम गरेपछि तापसले आफ्नो पहिलो हिन्दी फिल्म ‘अबोध’ मा काम गरेका थिए ।

माधुरीको डेब्यू फिल्ममा गरेका थिए कामः

यो फिल्ममा उनले माधुरी दिक्षितको अपोजिटमा काम गरेका थिए र सन् १९८४ मा रिलिज भएको हिरेन नागद्वार निर्देशित यो फिल्म अबोधबाट माधुरी दीक्षितले हिन्दी सिनेमामा डेब्यू गरेकी थिइन् । आफ्नो ३० वर्षको करियरमा तापसले दिग्गज फिल्मी कलाकारसँग काम गरे । तापसीका श्रीमती नन्दिनी र छोरी सोहिनी पल  छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप