शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा सवारी दुर्घटना, ६ जना घाइते

मङ्गलबार, ०६ फागुन २०७६, ११ : ४४
मङ्गलबार, ०६ फागुन २०७६

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा मंगलबार सवारी दुर्घटनामा दुई साइकल यात्रीसहित ६ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलबाट सालझण्डीतर्फ आइरहेको लु१ज २९४३ नम्बरको विङ्गर र विपरित दिशाबाट आइरहेको बिएए २५६८ नम्बरको कार ठोक्किएको नयाँगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोकर्ण चौहानले जानकारी दिएका छन् । दुई सवारी साधन आपसमा ठोक्किएपछि साईलकमा समेत  ठक्कर दिएको हो । 

प्रहरीका अनुसार विङ्गरमा सवारमध्ये ४ जना घाइते छन् भने साइकलमा सवार २ जना पनि घाइते भएका छन् ।

घाइते ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप