मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मङ्गलबार, ०६ फागुन २०७६, १३ : ०४
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं । झापाको कचनकवल गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी तेरहौता-१ बस्ने २६ वर्षीय बिक्रम ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा प्रहरी चौकी केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी रुपन्देहीको सम्मरीमाई गाउँपालिका बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरुमा सम्मरीमाई गाउँपालिका-१ थुमुवापिप्रहवा बस्ने २३ वर्षीय बृजेश त्रिपाठी, २२ वर्षीय पंकज तिवारी र जयवन्त कहांर रहेका छन् । उनीहरुले ती किशोरीलाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप