शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन नागरिक शिक्षा प्रवर्द्धनका लागि १७ प्रकारका हाते पुस्तिका

मङ्गलबार, ०६ फागुन २०७६, १८ : ३३
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं । निर्वाचन आयोगले चौथो निर्वाचन दिवसका अवसरमा १७ प्रकारका नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका सार्वजनिक गरेको छ ।  आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन र निर्वाचनको महत्व बुझाउन उक्त पुस्तक उपयोगी हुनेछ । आयोगमा आज आयोजित कार्यक्रममा ती पुस्तकको लोकार्पण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  हरेक मतदातामा निर्वाचनको महत्व बुझ्न र निर्वाचनमा सहभागी बढाउने सन्देश प्रवाह गर्न उक्त पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे ।

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका तयार गरी समुदायमा आधारित सघ, संस्थामार्फत निर्वाचन तथा मतदाता शिक्षा अघि बढाउने कार्यक्रम बनाइएको छ । मतदातालाई श्रव्य दृश्यका माध्यमबाट निर्वाचन र मतदानका सम्बन्धमा जानकारी गराउन, मताधिकार र मतको महत्व बोध गराई सहभागिता जनाउन र आफूले प्रदान गरेको मतको सदुपयोग गर्न मतदातालाई सचेत एवं जागरुक गराउने उद्देश्यले युएनडिपी इएस्पीको सहयोगमा तयार गरिएको ‘एक भोट’ नामक लघु चलचित्र आजैबाट प्रदर्शन प्रारम्भ भएको छ ।

 चलचित्रमा निर्वाचनमा एक भोटको महत्व तथा निर्वाचनका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापबाट निर्वाचनलाई के कसरी प्रभावित गर्न सक्दछ र त्यसबाट सजग र सचेत कसरी रहने भन्ने सन्देश छ । समुदायमा आधारित विभिन्न सङ्घ संस्थालाई निर्वाचन र नागरिक शिक्षामा क्षमता अभिवृद्धि गरी बुझाइएको दायरालाई फराकिलो पार्न तथा स्पष्टरुपमा निर्वाचनमार्फत योग्य प्रतिनिधि निर्वाचित गर्न सहयोगी हुने अपेक्षा गरिएको छ ।
उपनिर्वाचन, २०७६ का सन्दर्भमा निर्वाचनसम्बन्धी गतिविधिलाई समेटेर छायाङ्कन गरिएको संक्षिप्त भिडियोसमेत आज प्रदर्शन गरियो । सो अवसरमा आयोग र मातहतका कार्यालयमा दीर्घसेवा गर्ने चार कर्मचारीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप