शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा जाजरकोटको विद्यालयलाई एक लाख आर्थिक सहयोग

मङ्गलबार, ०६ फागुन २०७६, १८ : ५३
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं– सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नलगाड न.पा.७ जाजरकोटको श्री त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एक लाखको आर्थिक सहयोग प्रदान गरेको छ । 

आज विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियो । यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव ११५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो । 

उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवस्यक पुर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । शुद्ध खानेपानीका पहुँचबाट निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार आउने कुरा बैंकले व्यक्त गरेको छ । 

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप