केन्द्रीय संस्करण

वाईवाई ग्लोकल टीन हिरो इन्डिया २०२० को आवेदन आह्वान

person explore access_timeफागुन ६, २०७६ chat_bubble_outline0

काठमाडौं– किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो’ ग्लोकल को एक कार्यक्रम हो । 

यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ । 

यसैबिच ग्लोकल टीन हिरो इन्डियाको दोस्रो संस्करण सञ्चालन भएको छ । दोस्रो संस्करणको घोषणा गरिएसँगै ग्लोकल एवं सीआइडीए (भारतीय पार्टनर) दुबै पक्षले खुशी ब्यक्त गरेका छन् । ग्लोकल र भारतिय राजदुताबासले काठमाडौं स्थित होटल सोल्टी क्राउन प्लाजामा एक कार्यकम्र आयोजना गरेर वाईवाई ग्लोकल टीन हिरो इन्डिया को दोस्रो सस्करन संञ्चालको घोषणा गरेको छ । 

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नविन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठूलो हुनुपर्छ भन्ने बयान गरेको पाईन्छ । 

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ्ग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावना किशोर किशोरीहरुले आवेदन भर्न सक्ने छन् । 

वाईवाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोर किशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको छ ।

यतिमात्र नभएर उनीहरुमा उद्यमशील सोच बिकास गर्नु एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्नु पनि यस कार्यक्रमको लक्ष्य हो ।

२०१९ मा ग्लोकल टीन हिरो बाट बिभिन्न क्षेत्रका भारतीय किशोर किशोरिहरु सम्मनित भएक थिए । ग्लोकल टीन हिरो इन्डियाको पहिलो विजेता युवा नवप्रवर्तक, कम्प्युटरमा रुची राख्ने मोनिश्वरन महेशवरन बनेका थिए । त्यस्तै उध्यमी रुपम घोश, ‘झुटपाट लजिस्टिक’का लक्ष्य चब्र, के स्टारका संस्थापक एवम नवप्रबर्तक कुनाल चन्दिरामनी, सामाजिक अभिएन्ता कौशल गोहिल तथा युवा वातावरण विद् गर्विता गुल्हाटी पनि सम्मनित भएका थिए ।

प्रतिभावन किशोर किशोरीलाई एउटै मन्चमा ल्याउने लक्ष लिएको ग्लोकल टीन हिरोले टाइटल स्पोन्सरको रुपमा वाईवाई इन्डियन पार्टनरको रुपमा सीडीवाइए रहेको छ ।

ग्लोकलका संस्थापक आशिष ठाकुर भन्छन्– ‘हामी नेपालबाट मात्र नभइ दक्षिण एसियाली राष्ट्रहरुबाट पनि प्रतिभावान किशोरकिशोरीहरु पहिचान गरी उनीहरुको प्रतिभालाई विश्वमाझ चिनाउन अग्रसर रहेका छौं ।’

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरवार्ता र दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २०अण्डर२० को घोषणा गरिने आयोजकले जनाएको छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ठ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ ।

ग्लोकल टीन हिरो इन्डिया २०२० को पुरस्कार समारोह ४ जुन २०२० मा पुनेमा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी इन्डियाका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.