शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिले दिइन् ३२९ जनालाई कैद माफी

मङ्गलबार, ०६ फागुन २०७६, १९ : ३२
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौँ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरेकी छिन् । 

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बुधबारदेखि लागू हुने गरी प्रकाश थेवेसमेत ३२९ जनालाई कैद माफी गरेको राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बुधबार ७० औं प्रजातन्त्र दिवस मनाइँदैछ भने सो दिवसको अवसरमा सरकारले वर्षेनी असल चालचलन भएका कैदीहरुको कैद मिनाहा गरेर रिहा गर्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप