शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले पुनःनिर्माण गर्दै ७० विद्यालय

मङ्गलबार, ०६ फागुन २०७६, १९ : ४०
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं । भारतको रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपालका ७० विद्यालयको पुनःनिर्माणको काम सम्पन्न गर्ने तयारी गरेको छ । २०७२ सालको विनाशकारी भूकम्पपश्चात नेपालका विद्यालय एवम् अन्य शैक्षिक संरचनाको पुनर्निर्माणका लागि शुरु गरेको परियोजनाबारे जानकारी दिँदै काठमाडौंस्थित भारतीय दूतावासले सो कुराको जानकारी दिएको हो । 

नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) सँगको सहकार्यमा मंगलवार आयोजना गरेको कार्यशाला गोष्ठीमा निर्माणमा उत्कृष्ट गुणस्तरता प्राप्त गर्नका लागि परियोजना कार्यान्वयन निर्देशन, उत्तम निर्माण अभ्यास, अनुगमन तथा रिर्पोटिङ्गजस्ता पक्षमा छलफल भएको दूतावासले जनाएको छ । 

भारत सरकारले भूकम्प पश्चात शिक्षा क्षेत्रमा ७० वटा विद्यालय तथा एक पुस्तकालयको पुनर्निर्माणमा सहयोग पु¥याइरहेको छ । त्यसका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले गोरखा, नुवाकोट, धादिङ्ग, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा ७० वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण हेतु डिजाइन निरीक्षण तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गरिरहेको दूतावासले जनाएको छ । 

परियोजनाका पूर्व निर्माण, निर्माण र निर्माणपश्चातका सबै चरणहरुमा सुरुदेखि अन्तिमसम्म निर्माण व्यवस्थापनमा उत्कृष्ट अभ्यास प्रदान गर्ने कार्यशालाको उद्देश्य थियो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक चूडामणि पौडेल, उप–आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवम् भारतीय राजदूतावासका वरिष्ठ अधिकारीकोे सो कार्यक्रममा उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप