बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पत्रिका बेच्दै पढाइ खर्च जुटाउँदै आएका युवकले गरे आत्महत्या

मङ्गलबार, ०६ फागुन २०७६, १९ : ५०
मङ्गलबार, ०६ फागुन २०७६

जनकपुर । धनुषामा पत्रिका बेचेर विद्यालय खर्चको जोहो गर्दै आइरहेका एक युवकले आत्महत्या गरेका छन् । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा दैनिक पत्रिकाहरु वितरण गरी अध्ययन खर्च जुटाउँदै आएका मिथिला नगरपालिका वडा नम्बर ६ का १६ वर्षीय विवेककुमार महतोले आत्महत्या गरेका हुन् ।

महतोको शव आँपको बगैँचामा झुण्डिएको अवस्था फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज प्रहरी निरीक्षक तिर्थकुमार कार्कीले जानकारी दिए । पत्रिका बाँड्दै हिँड्ने यूवक विवेकको शव अचानक झुण्डिएको अवस्थामा भेटिनु रहस्यमय भएको बताउँदै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

ढल्केवरस्थित महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत्त विवेकले आत्महत्या गरेको हो वा होइन सोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप