राससका १० जना उत्कृष्ट समाचारदाता घोषित
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले सातै प्रदेशका आफ्ना स्थानीय समाचारदाताहरुलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सोअनुसार प्रदेश नं १ का भोजपुर समाचारदाता युवराज विष्ट, २ नं महोत्तरीका सञ्जीतकुमार मण्डल, वाग्मती प्रदेशका रिपेश दाहाल, गण्डकी प्रदेशकी जमुनावर्षा शर्मा, ५ नं परासीका मोहन पौडेल, कर्णाली प्रदेश जाजरकोटका हेमन्त केसी र सुदूरपश्चिम डोटीका विमलबहादुर विष्ट पुरस्कृत भएका छन् ।
उनीहरुलाई राससको ५९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा बुधबार आयोजना हुने कार्यक्रममा पुरस्कार वितरण गरिने छ । उनीहरुले जनही रु १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुहुने छ । त्यस्तै देशभरबाट उत्कृष्ट आलेख समाचारदातामा बाँकेका काशीराम शर्मा (सारङ्गीको धूनमा विकास र चेतना), तस्वीरमा केन्द्रीय कार्यालयका रोशन सापकोटा र श्रव्य सामग्रीमा केन्द्रीय कार्यालयकै उपसमाचारदाता नारायण ढुङ्गाना चयन भएका छन् । उनीहरुलाई पनि जनही रु १५ हजार र प्रमाणपत्र प्रदान गरिने छ । यसअघि उत्कृष्ट समाचारदाता, आलेख समाचारदाता, फोटोग्राफर र श्रव्यसामग्री सङ्कलकलाई जनही रु पाँच हजार दिने गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित