शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोर्खा प्यालेसद्वारा भिसीको सालिकलाई ४ हजार पाउण्ड सहयोग

मङ्गलबार, ०६ फागुन २०७६, २३ : ४६
मङ्गलबार, ०६ फागुन २०७६

लण्डन । बेलायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा निर्माण गर्न लागिएको पहिलो नेपाली भिसी कुलबीर थापाको सालिकको लागि ४ हजार पाउण्ड सहयोग प्राप्त भएको छ । 

समाजसेवी सूर्य गुरुङद्वारा संचालित फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टले च्यारिटी कार्याक्रमको आयोजना  उक्त रकम जुटाएको हो । 

रेष्टुरेन्टको  २१ औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजना गरेको च्यारिटी कार्यक्रमबाट संकलित रकममा केही थप गरी सहयोग गर्न लागेको हो । होम अफ ब्रिटिश गोर्खा भनिने रश्मोर अल्डरसटमा आफूले लामो समय बिताएको र सोही स्थानमा पहिलो भिसी विजेताको सालिक बन्न लाग्दा स्वतस्फूर्त सहयोग गर्न लागेको गोर्खा प्यालेसका प्रवन्ध निर्देशक सूर्य गुरुङले बताए ।

भिसीको सालिक नेपाल, नेपाली र गोर्खाको गौरवको विषय भएकाले उक्त प्रोजेक्टलाई सबैले मिलेर सहयोग गर्नुपर्ने गुरुंगले बताए ।

 भिसीको सालिकले हामी सबै नेपालीहरुको वीरता र पहिचान झल्काउने भएकोले बेलायतमा हुर्किंदै गरेको हाम्रो नयाँ पुस्तामाझ उक्त सालिक हाम्रो इतिहास, परम्परा र संस्कृतिको प्रतीकको रुपमा रहनेछ ।

एकवर्षभित्र सालिक बनिसक्ने र यसको लागत करिब एक करोड ८० लाख रुपैयां हुने गोर्खा मेमोरियल प्रोजेक्टले जनाएको छ । सालिकको जग (प्लिन्थ) मा ब्रिगेड अफ गोर्खाज् इतिहास र भिसी थापाको जीवनी र अर्कोतिर एकहजार पाउण्ड बढी चन्दा दिनेको नामावली लेखिने छ ।

स्थानीय रश्मोर बरो काउन्सिलकी मेयर सु कार्टरको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव कार्यक्रममा डिष्ट्रिक्ट लिडर डेभिड क्लीफोर्ड, काउन्सिलरहरु लगायतका विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।

 काउन्सिल लिडर काउन्सिलर डेभिड क्लीफोर्डले भिसी थापाको सालिक निर्माणमा सहयोगको प्रशंसा गरेका थिए । स्मरण रहोस्, उक्त सालिकका लागि रश्मोर बरोले जग्गा उपलब्ध गराई रेखदेखको जिम्मा समेत लिएको छ ।  कार्यक्रममा ‘भिजिट नेपाल २०२०’ को प्रचारप्रसरका लागि टेम्पोमार्फत पृथक शैली अपनाइएको थियो । भिजिट नेपालको पोस्टर राखिएको टेम्पोमा बसेर सहभागीले तस्विर समेत लिए ।

 नेपाल भ्रमण वर्ष प्रचारका लागि विदेशीहरुलाई उक्त टेम्पोमा घुमाउने योजना समेत गोर्खा प्यालेसको छ ।  वार्षिकोत्सवमा विभिन्न सामानहरुको अक्सन र ‘राफल ड्र’ गरि च्यारिटी रकम संकलन गरिएको थियो । गोर्खा प्यालेसले स्थापनाकाल देखि नै बेलायत र नेपालमा विभिन्न  च्यारिटी गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप