शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आउन थाले ‘बाबा’हरु, पशुपतिमा शिवरात्रीको जोडतोडले तयारी (फोटो)

बुधबार, ०७ फागुन २०७६, ०९ : ५८
बुधबार, ०७ फागुन २०७६

राजधानीस्थित पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व शिवरात्रीको तयारी तीव्र पारिएको छ । आगामी शुक्रबार मनाइने यो पर्वका लागि साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आउने क्रम सुरु भइसकेको छ । शिवरात्रीका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ ।

शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्दछन् । शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । उक्त मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थासमेत हुने गर्दछ ।

पशुपति क्षेत्र विकास कोषले शिवरात्रीको तयारी पुरा भएको जनाएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप