शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश स्थापनाको २ वर्ष: यस्ता छन् प्रदेश ५ सरकारका मुख्य उपलब्धी

बुधबार, ०७ फागुन २०७६, १४ : ०९
बुधबार, ०७ फागुन २०७६

रुपन्देही । प्रदेश ५ सरकारले आफ्नो दोश्रो वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । सो कार्यक्रममा आफूले दुई वर्षमा गरेको मुख्य उपलव्धीहरु पनि प्रदेश सरकारले सार्वजनिक गरेको छ । प्रदेश सरकारको प्रतिवद्धता : समृद्ध प्रदेश, खुशी जनता र बुद्ध जन्मस्थल लुम्बिनी जाउँ, शान्तिको सन्देश फैलाऔं’ भन्ने नारा उल्लेख गरिएको पुस्तकमार्फत प्रदेश सरकारले गरेको आफ्ना १० प्रमुख उपलव्धीहरु सार्वजनिक गरेको हो ।  
प्रदेश सरकारले आवधिक योजना तथा आधारभूत कानुनको निमार्ण गरिनुलाई प्रमुख उपलब्धी ठानेको छ । आर्थिक वर्ष २०७५–७६ लाई प्रदेशको आवधिक योजना र आधारभूत कानूनहरुको निमार्ण वर्षको घोषणा गरी सरकारले काम गरेको थियो । सो क्रममा हालसम्म ४८ वटा कानूनहरु निमार्ण भएका छन् ।

त्यस्तै महत्पूर्ण आयोजना तथा कार्यक्रमहरुमा स्रोतको सूनिश्चितताका लागि मध्यमकालीन खर्च संरचना तयार पारेको प्रदेश सरकारको दाबी छ । योजनाबद्ध विकासलाई संस्थागत गर्ने र प्रदेशका कामहरुलाई नियमित तथा व्यवस्थित गर्ने सन्दर्भमा यी कानून तथा आवधिक योजना आधारस्तम्भका रुपमा रहेको पुस्तकमा उल्लेख छ ।

प्रदेशको शासन व्यवस्थाको निर्देशन, नियन्त्रण र सञ्चालनलाई पनि दुई वर्षको मुख्य उपलब्धिमा राखिएको छ । ६ सदस्य मन्त्रिमण्डलले हालसम्म ६१ वटा बैठक सम्पन्न गरी ३ सय १ वटा निर्णय गरेको छ । त्यस्तै प्रदेश सरकारले विकास निमार्णका गतिविधिहरुलाई प्राथमिकता दिएको छ । प्रदेश सरकारले विकास अभियानलाई पनि २ वर्षभित्रको मुख्य उपलब्धीको रुपमा उल्लेख गरेको छ ।

त्यस्तै सरकारले आवधिक योजना, वार्षिक वजेट तथा कार्यक्रमले निर्देशित गरेका क्षेत्रहरुमा समेत काम गरेको छ । स्थानीय तहमा केन्द्रहरु जोड्ने पहुँचमार्ग, पर्यटन पूर्वाधार, प्रादेशिक सडक, जनताको आवास सुधार आदिलाई समेत विशेष प्रथमिकतामा राखेर काम गरिरहेको छ । त्यस्तै प्रदेशबाट सञ्चालन हुने निश्चित आयोजनाहरुलाई गौरवका आयोजनाका रुपमा लिएको छ भने १० वटा आयोजनाहरु परिभाषित गर्ने तयारी गरेको छ । 
सरकारले समावेशी विकास एवं समाजिक समावेशीकरण र गरिबी निवारणमा जोड दिएको छ भने राष्ट्रिय एजेन्डासँग मेल खाने कार्यक्रम अगाडी सारेको छ । त्यस्तै प्रदेशलाई पूर्ण साक्षर बनाउने, आगामी ५ वर्ष भित्रमा निरपेक्ष गरिबीलाई १० प्रतिशतभन्दा तल झार्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ । यता, गरिबी निवारणमा सहयोग पुर्याउनका लागी  प्रत्येक गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम पनि सञ्चालन भैरहेको छ । 

यस्तै प्रदेश सरकारले प्रादेशिक संगठनहरुको स्थापना र सेवाको विस्तारलाई पनि २ वर्षको सरकारको उलपव्धी ठानेको छ भने प्रदेश सरकारले सूचना प्रविधिको बहुउपयोगका लागि आधार तयार पारिएको पनि पुस्तकमा दावी गरिएको छ । 

त्यस्तै, सूचना प्रविधिलाई प्रदेशको महत्वपूर्ण आधारको रुपमा तयार गर्ने उद्देश्यले सूचना तथा सञ्चार प्रतिष्ठान गठन गरिएको जनाइएको छ । यसबाट सूचना प्रविधको आधार तयार गर्ने तथा सूचना प्रविधि क्षेत्रलाई रोजगारी सृजना गर्ने प्रदेश सरकारको दाबी छ । त्यस्तै प्रदेश सरकारले अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना र बाह्य लगानी जुटाउने प्रयासलाई पनि उपलब्धी ठानेको छ ।

सरकारले चीनका सिचुवान र गान्सु प्रान्तसँग  प्रदेशको भगिनी सम्बन्ध स्थापना गरेको छ भने विभिन्न शहरहरुमा भगिनी सम्बन्ध स्थापना गरेको छ । त्यस्तै प्रदेश सरकारले आन्तरिक एवं बाह लागानी बृद्धिको लागी आगामी बैशाखमा लगानी सम्मेलनको तयारी गरिरहेको छ । जसलाई महत्पूर्ण उपलव्धी ठानिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप