बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोहोरमुक्त वडा बनाउन सरसफाई कार्ड लागू

बुधबार, ०७ फागुन २०७६, १४ : ४०
बुधबार, ०७ फागुन २०७६

जनकपुर । प्रदेश नम्बर २ मा अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको एक वडामा घरधनीले सरसफाई कार्ड लिनुपर्ने भएको छ । आफ्नो घर वरिपरी सरसफाई नगरेको पाइएमा कारवाही स्वरुप कुनै पनि किसिमको सिफारिस नगर्ने निर्णयका साथ वडामा सरसफाई कार्ड वितरणको तयारी गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले चैत महिनादेखि वडामा रहेका घर, होटेल, पसल लगायतका वरिपरी सरसफाईका लागि सरसफाई कार्ड वितरण गर्न लागेको हो ।

वडा कार्यालयले चैत महिनाभित्र आफ्नो वडालाई फोहोरमुक्त वडा बनाउन सबै घरधनीलाई सरसफाइ कार्ड बनाउन लगाउने निर्णय गरेको वडाअध्यक्ष सुदर्शन सिंहले जानकारी दिए ।

यो निर्णयसँगै जथाभावी फोहोर फ्याँक्नेलाई ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना तिर्न लगाउने व्यवस्था गरिएको छ । वडा कार्यालयको कुनै पनि प्रशासनिक कार्यमा सरसफाइ कार्डको प्रतिलिपि अनिवार्य गरिने समेत वडाध्यक्ष सिंहले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप