शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाडौं २५ वर्ष पुरा, कर्जा सुविधादेखि आर्थिक सहयोगसम्मका कार्यक्रम सम्पन्न

बुधबार, ०७ फागुन २०७६, १९ : १४
बुधबार, ०७ फागुन २०७६

काठमाडौं– बैंक अफ काठमाडौं लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा फाल्गुण ७ गते एक कार्यक्रमको आयोजना गरेकोे छ । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपालले बैंकको २५औं वार्षिकोत्सवको लोगो सार्वजनिक गर्दै बैंकलाई २५औं वर्षसम्म नेपालको बैंकिङ्ग क्षेत्रमा पुर्याएको योगदानको लागि धन्यवाद सहित आगामी दिनमा बैंकको उत्तरोत्तर प्रगतिका लागि शुभकामना ब्यक्त गरे । 

बैंकले आफ्नो २५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउने जानकारी पनि गराएको छ । जसअन्र्तगत बैंकका सबै प्रादेशिक कार्यालयहरुमा प्रभातफेरी तथा विभिन्न संघ संस्थाहरुलाई सहयोग, नेपाल रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम, बैंकको आन्तरिक फुटसल प्रतियोगिता तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा बृहत ग्राहक सप्ताह कार्यक्रमको आयोजना गर्ने जानकारी गराएको छ ।

ग्राहकहरुको सेवा तथा सुबिधालाई मध्यनजर गर्दै २५औँ वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सृर्जना गराउने उद्देश्यलाई टेवा प्रदान गर्न ‘बीओके कृषि कर्जा’ सम्बन्धी कर्जा योजना सार्वजनिक गरेको छ । 

साथै ग्राहक महानुभावहरुको आवश्यकता तथा उच्चतम् लाभ लाई मध्यनजर गर्दै बैंकले ‘सहज बचत खाता’ नामक नयाँ बचत खाता सार्वजनिक गरेको छ । विभिन्न सुविधा सहित रु २५ को न्यूनतम मौज्दातमै ‘सहज बचत खाता’ खोल्न सकिने जानकारी बैंकले गराएको छ । 

ग्राहकहरुलाई प्रविधीको प्रयोग गर्ने बानीको बिकास गर्न प्रेरित गर्ने उद्देश्यले बैंकको मोबाइल बैंकिङ्ग ‘बीओके स्मार्ट’मार्फत गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारबाट नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टपअप गर्दा २५% नगद फिर्ता हुने योजना समेत सार्वजनीक गरेको छ । 

त्यसैगरी, बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न १ करोड सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले उक्त रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई हस्तान्तरण गरे । 

साथै, सोसाइटी अफ इकोनोमिक जार्नलिस्ट (सेजोन) नेपाललाई आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन र उनीहरुको क्षमता अभिवृद्घि गर्न चाहिने तालीम प्रदान गर्न ५ लाख सहयोग घोषणा गरी सेजोन, नेपालका सभापति भिम प्रसाद गौतमलाई चेक हस्तान्तरण गरीएको छ । 

बैंक अफ काठमाडौं लिमिटेडको हाल १० एक्टेन्सन काउन्टर सहित देशभर ८७ शाखा र ७८ एटीएम रहेका छन् । आर्थिक वर्ष २०७६/७७ को दोश्रो त्रैमासिकको अन्त्यको वित्तीय विवरण अनुसार यस बैंकले गत आ. व. को दोश्रो त्रैमासको तुलनामा खुद मुनाफामा २०% ले वृद्धि गरी रु ८८ करोड ३८ लाख कमाउन सफल भएको छ ।

साथै यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामा क्रमशः ७.८४% र ९.१४% ले वृद्धि भई क्रमशः रु.९०.११ अर्ब तथा रु.८२.४९ अर्ब पु¥याउन सफल भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप