बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार :  देश बदल्ने अठोटमा बाधा आएको प्रधानमन्त्रीको गुनासो, नेपाल कोराना मुक्त रहेको पर्यटनमन्त्रीको दाबी

बुधबार, ०७ फागुन २०७६, २० : ०४
बुधबार, ०७ फागुन २०७६

प्रजातन्त्र दिवस 

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ बढिरहँदा नकारात्मक प्रवृतिको सामना गरिरहनु परेको बताएको छन् । आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार गर्ने दिशामा सरकार लागिरहेको अवस्थामा अवरोधको सामना गर्नुपरेको उनले बताए ।

७० औं प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणमा बाधा हाल्ने वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने, विकास प्रयासहरुमा व्यवधान गर्नेलाई पराजित गर्ने बताए ।

संविधान र कानून अनुसार देशलाई अगाडि बढाउने र देशमा लोकतन्त्र र शान्तिका प्रयासहरुलाई व्यवधान पुग्न नदिने कुरामा सरकार प्रतिवद्ध रहेको उनले बताए । वर्तामान सरकारले २ वर्ष पुरागरेपनि गतवर्षलाई आधारवर्षका रुपमा लिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले आधारवर्षलाई टेकर आगामी वर्षबाट विकास निर्माणका कामलाई अगाडि बढाएको बताए । उनले नेपाललाई सन २०३० भित्रमा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अठोट समेत गरे ।

सन २०२२ सम्ममा नेपालाई अति कम विकसित मुलुकको स्तरबाट स्तारोन्नती गर्ने र सन २०३० भित्र दिगो विकासका लक्षहरु हासिल गर्ने अभियानमा रहेको उनले बताए ।

प्रधनमन्त्री ओलीले सरकारले गर्नुपर्ने कामहरुको सूची लामो भएकाले सरकार समृद्धिको यात्रामा लागेको उल्लेख गर्दै ओलीले सरकारले केही काम सुरु गरेको केही गर्ने अवस्थामा रहेको र केही सम्पन्न भइसकेको बताए । 

उनले सरकार विल्कुलै नयाँ राज्य प्रणालीको अभ्यासमा रहेकाले बदलिएको प्रणालिलाई हिंडाउन चुनौतिपूर्ण रहेको बताए ।

प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई अन्त्य गरिएको र अव समृद्ध नेपालको निर्माणमा योगदान गर्नुको विकल्प नरहेको समेत बताए ।

उनले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकांक्षा सफल बनाउन सबै एकजुट हुनुपर्ने बताए । 

हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने गरिएको छ । एकसय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली सम्झनामा आज ७० औं प्रजातन्त्र दिवस मनाइएको हो ।

दिवसका अवशरमा काठमाडौंको टुंडिखेल लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ । 

वुहान नेपाली

चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जना सुरक्षीत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वुहानबाट फर्किएका सबैको नाक र घाँटीभित्रको नमुनाहरु परीक्षण गरिएकोमा सबैमा कोरोना भाइरस (कोभिड—१९) नभएको पुष्टि मन्त्रालयले गरेको हो । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको परीक्षणका क्रममा सबैमा कोभिड—१९ नकारात्मक देखिएको बताए ।

वुहानबाट ल्याइएकाहरुलाई भक्तपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा राखिएको छ । उद्धार गरिएका १७५ जनाको क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा पुनः परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

चीनबाट फर्किएका नेपालीहरु कुनैमा पनि संक्रमण नदेखिएकोले त्रसित नहुन मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म नेपालमा २ सय १० जनामा कोभिड—१९ परीक्षण गरिएकोमा एक जनामात्रै पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । पोजेटिभ देखिएका व्यक्ति पििन स्वस्थ्य भएर घर फर्किएका छन् । 


योगेश भट्टराई, 

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरस मुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन् । चीनबाट उद्धार गरिएको १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताए ।

आजका मितिसम्म नेपालमा एक जनापनि कोरोना संक्रमित नरहेको उल्लेख गर्दै भट्टराईले विमानस्थल लगायत अन्य नाकाहरुमा उच्च सतर्कता अपनाइएको बताए । नेपाल कोरोनामुक्त घोषणाले अहिले नै चिनियाँ पर्यटक नेपाल भित्र्याउने योजना नरहेको स्पष्ट पारे । उनले चीनले आफुलाई कोरोनाबाट सम्पूर्ण रुपमा माथि उठेको घोषणा गरेपछि बाँध फुटेजस्तो बाहिर निस्किने र त्यो बेलाको फाइदा नेपालले लिनुपर्ने बताए ।

पर्यटन बजार कमजोर हुँदा सरकार र नीजि क्षेत्र थला पर्ने भएकाले त्यसबाट जोगिन सम्पूर्ण रुपमा ध्यान दिँदै बैकल्पिक बजारमा जानुपर्ने बताए । चीनबाट पर्यटक नआउँदा भएको घाटालाई बाह्य मुलुकबाट पूर्ति गर्नुपर्ने उनले बताए ।

चीनबाट पर्यटक नआउने भएपछि विभिन्न १२ वटा डेस्क स्थापना गरी युरोप, अमेरिका, मध्य पूर्व लगायतका देशमा परिचालन गरिने उनले बताए ।
                                      
मन्त्री भट्टराईले छिमेकी मुलुक ठूलो प्रकोपको सामना गरिरहेको अवस्थामा जिस्क्याउने, अनर्गल प्रचार गर्ने, कमजोर बनाउने हिसाबले दाउपेच गर्ने बेला अहिले नभएको पनि बताए ।

नेपाल सरकार र नेपाली जनताको तर्फबाट चीनलाई ऐक्यवद्धता जनाउँदै भट्टराईले आफुले सक्ने सहयोग गर्न तयार हुनुपर्ने बताए ।

अर्थ समिति

राष्ट्रिय योजना आयोगले बजेट खर्च बढी देखाउन अर्थमन्त्रालयले रकमान्तर गर्ने गरेको बताएको छ । 

अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बजेट खर्च बढी भएको देखाउन अर्थमन्त्रालयले रकमान्तर गरी एकातिरको बजेट अर्कोतिर खर्च गर्ने गरेको बताए ।

उपाध्यक्ष कंडेलले योजना बनाउने काममा पनि मन्त्री र सचिवलाई थाहै नदिई तल्लो तहबाट नै योजना छानौट गरी आयोगमा पठाउने गरेको खुलासा समेत गरे ।

समिति सदस्य एवं सांसद डा. बाबुराम भट्टराईले योजना आयोगको नीति निर्माणको विषयमा प्रष्ट भूमिका नभएको बताए । उनले आफुखुसि योजना हाल्ने परिपाटीको अन्त्य गर्न पनि योजना आयोगको भूमिका माथि प्रष्ट हुनुपर्ने बताए ।

उनले योजना आयोगलाई नै शक्तिशाली बनाउनुपर्नेमा जोड दिए । आयोजना छनौट र आयोजना बैंकको मात्र कुरा नभएर नीति निर्माण र रणनीतिक योजना नै पहिलो बनाउनुपर्ने उनको तर्क थियो । 

समिति सदस्य एवं सांसद सुरेन्द्रप्रसाद पाण्डेले वैदेशिक कुराहरुलाई कपि गरेर यान्त्रिक कुरा गरेर देशको राष्ट्रिय विकासमा अवरोध गर्ने गरिएको बताए । उनले विकसित मुलुकहरुले वातावरणको कुरा उठाएर सयौं वर्ष सम्म देशको विकास नहुने अवस्था सिर्जना गराईदिएको बताए ।

जसका कारण आयोजनाहरु कार्यान्वयनमा नजाने र कार्यान्वयनमा गएका पनि विभिन्न विवादका कारण काम नहुने र बजेट खर्च नहुने अवस्थामा रहेको बताए ।

समिति सदस्य एवं सांसद रामकुमारी झाक्रीले योजना आयोगका टाइपिस्टहरुले आफ्नो मनलाग्ने योजना हाल्न नपाउँदा दुईचार दिन टाइप गर्न नै बन्द गरिदिने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन् ।

बैठकमा पूँजीगत खर्च, आयोजना बैंक र बजेट समर्पण सम्बन्धी विषयमा छलफल भएको थियो । 

रासस

सञ्चारमन्त्रालयका सचिव दीपक सुवेदीले राष्ट्रिय समाचार समितिलाई प्रतिस्पर्धी बनाउन संरचनात्मक सुधारको आवश्यकता औल्याएका छन् ।

प्रतिस्पर्धामा जानका लागि संरचनागत सुधार, कानूनी सुधार र प्रकृयागत सुधार आवश्यक रहेको उनले बताए ।

सचिव सुदेवीले बजारमा आफ्नो विश्वास कायमै राख्न सेवालाई सुदृढिकरण गरी अगाडी बढ्नुपर्ने बताए । उनले राससभित्र देखिएका समस्याहरु समाधानका लागि आफुले प्रयास गर्ने बताए ।

संस्थागत विकासका लगि प्रविधिको किास र कर्मचारीको वृति विकास, कर्मचारीको मनोवल उच्च राख्न सक्नुपर्ने उनले बताए ।

राससका महाप्रवन्धक उपेन्द्र शर्माले स्रोध सधानको अभावमा कर्मचारीहरुलाई सेवा, सुविधा दिन नसकिएको बताए । आधारभूत तालिम दिन नसकिएको, आवश्यक सञ्चार उपकरण तथा मोटरसाइकलको व्यवस्थागर्न नसकिएको गुनासो उनले गरे ।

भूकम्पपछि रासस जिर्ण भवनबाट दैनिक कार्य सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । आगमी आर्थिक वर्षको बजेटबाट यी समस्या समाधानका हुने विश्वस लिएको उनले बताए । 

राससको ५९ औं वार्षिकोत्सवका अवशरमा बुधबार विशेष कार्यक्रमको आयोजना गरिएको हो । वार्षिकोत्सवमा विभिन्न विधामा राससका कर्मचारी तथा पत्रकारहरुलाई सम्मानित समेत गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप