शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब कमजोरी खोज्ने बेला आयो: ऊर्जामन्त्री पुन

बुधबार, ०७ फागुन २०७६, २२ : ४५
बुधबार, ०७ फागुन २०७६

काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विकास हुन नसकेका कारण खोज्न आवश्यक रहेको बताएका छन् । जलस्रोत तथा सिँचाइ विभागको आयोजनामा आज काभ्रेको धुलिखेलमा आयोजना गरिएको ‘नेपालमा जलस्रोत तथा सिँचाइको वर्तमान अवस्था र भविष्यको योजनासम्बन्धी दुईदिने १२औँ जलस्रोत तथा सिँचाइ सम्मेलन २०२०’ को उद्घाटन गर्दै मन्त्री पुनले मातहतका कार्यालयले चित्तबुझ्दो प्रगति गर्न नसकेको बताए । उनले अब कमजोरी कसको कहाँनिर रह्यो भन्ने कुरा खोज्न आवश्यक रहेको बताए ।

‘हिजो सरकार परिर्वतन भइरहँदा विकास निर्माणमा ढिलाइ भएको भन्ने गरेको भए पनि अहिले स्थिर सरकार हुँदा विकास निर्माणले गति लिन नसकेपछि कसको कहाँ कमजोरी भयो, यो खोज्न आवश्यक छ’, मन्त्री पुनले भने, ‘अब समस्या कहाँ छ, मन्त्री, कर्मचारी वा निर्देशक ?’ काम गर्नका लागि कुनै बाधा व्यवधान नहुँदा पनि खर्च गर्न नसक्नु समस्या भएको उनले बताए ।
    
चौमासिकरुपमा सात प्रतिशत र सात महिनामा जम्मा २४ प्रतिशत बजेट खर्च भएको बताउँदै उनले भने, ‘तपाईहरू बोल्नलाई हिचकिचाउनु पर्दैन, काम गर्नलाई मन्त्री र निर्देशकलाई पर्खनु पर्दैन, समस्या कहाँनिर हो समाधानका लागि सामूहिकरुपमा छलफल गरौँ ।’ दुई दिने सम्मेलनमा जलस्रोत तथा सिँचाइका बारेमा बृहत् छलफल गरी योजना बनाइने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप