शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलाको ८० हजार पुग्ने अनुमान

बिहीबार, ०८ फागुन २०७६, ०६ : ३२
बिहीबार, ०८ फागुन २०७६

चीनमा  फैलिएको कोराना भाइरस कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेपछि सुनको मूल्य बढ्न थालेको छ । चीन र अमेरिकाको व्यापारयुद्ध तथा अमेरिका र इरानबीचको तनावका कारण सुनको मूल्य महँगो हुँदै गएको थियो । 

अहिले भने कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय व्यापार प्रभावित भएपछि विश्वबजारमै सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ । फलस्वरूप नेपालमा पनि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । साथै, आगामी दिनमा सुनको मूल्य थप बढ्न सक्ने महासंघको अनुमान छ ।

मंगलवार विश्व बजारमा सुनको मूल्य प्रतिऔंस (२.६६ तोला) १५८७ डलर थियो । तर बुधवार भने त्यो बढेर प्रतिऔंस १६०८ डलरसम्म पुगेको छ । फलस्वरूप नेपालमा पनि सुनको मूल्य प्रतितोला ७७ हजार १०० पुगेको छ, जुन हालसम्मकै महँगो हो ।

नेपालले अन्तरराष्ट्रिय बजारबाटै सुन आयात गर्ने हो । नेपालमा सुनको मूल्य अन्तरराष्ट्रिय बजार अनुसार नै निर्धारण हुन्छ र अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ । यसअघि सुनको मूल्य माघ १९ गते प्रतितोला रू. ७६ हजार ५०० पुगेर नयाँ रेकर्ड राखेको थियो । त्यसपछि भने रू. ७५ हजारको हाराहारीमा झरेको थियो । अहिले भने उक्त विन्दु पनि तोडेर नयाँ कीर्तिमान राखेको छ । 

महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले नेपालमा सुनको मूल्य प्रतितोला रू. ८० हजारसम्म पुग्ने अनुमान गरिएको बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा   मिलन विश्वकर्माले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप