नेपालमै आयुर्वेदिक उत्पादन गर्न रामदेवको कार्यक्रम, एक हजार योगगुरु नेपाल ल्याउने
बिहीबार, ०८ फागुन २०७६, ०७ : २३
योगगुरु रामदेव ‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ नेपाल आउने भएका छन् ।
करिब एक हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति र कर्मचारीसहित उनी नेपाल आउन लागेका पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहले जानकारी दिए ।
आगामी चैत २२ देखि पोखरामा आयोजना हुने तीनदिने योग शिविर सञ्चालन गर्ने र पश्चिमाञ्चलको तीन स्थानमा गुरुकुल संस्था सञ्चालनको भूमिपुजा गर्न नेपाल आउन लागेका हुन् ।
संरक्षक सिंहका अनुसार योग शिविर र नेपाल भ्रमण सफल पार्न ५ सयदेखि १ हजार जनासम्म गुरु र पतञ्जलीका उच्च अधिकारी नेपाल आउनेछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानको सिटमा बेवारिसी अवस्थामा एक किलो सुन फेला
-
सप्रिम सहकारी प्रकरण : थुनछेक बहस जारी, आदेश शुक्रबार आउने
-
मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता
-
सत्ता गठबन्धनमा कुनै समस्या छैन : रवि लामिछाने
-
जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
-
बौद्धबाट पेस्तोलसहित एकजना युवक पक्राउ