बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धर्मगुरुको अचम्मको बयानः महिनावारी हुँदा खाना बनाए ‘कुकुर्नी’ र खाने पुरुष 'साँढे' हुने

बिहीबार, ०८ फागुन २०७६, ०८ : १५
बिहीबार, ०८ फागुन २०७६

गुजरातको भुज शहरस्थित स्वामीनारायण मन्दिरको कृष्ण स्वरुप स्वामीको एउटा पुरानो भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ ।

यो त्यहि मन्दिर हो जसको परिसरमा चल्ने श्री सहजानन्द गर्ल्स इन्स्टिच्युटका थुप्रै विद्यार्थीले महिनावारी भए नभएको परीक्षण गर्नका लागि प्रशासनले जबर्जस्ती अन्डरवेयर उतार्न लगाएको आरोप लगाएका थिए ।

सोसल मिडियामा भाइरल भइरहेको भिडियोमा कृष्ण स्वरुपले भनिरहेका छन्, ‘यदि तपाईंले महिनावारी भएकी कुनै महिलाले बनाएको हातबाट खाना खानुभयो भने तपाईं अर्को जन्ममा साँढे बन्नु हुनेछ र कोही महिलाले मासिक धर्मका बेला खाना बनाए, अर्को जन्ममा उनी कुकुरर्नी हुनेछिन् । तपाईंलाई जे लाग्छ लागोस् तर यो नियम शास्त्रमा लेखिएको छ ।’

स्वामीनारायण सम्प्रदायसँग सम्बन्धित केही मानिसहरुका अनुसार कृष्ण स्वरुपको यो भिडियो करिब एक वर्ष पुरानो हो जुन सहजानन्द गर्ल्स इन्स्टिच्युटको घटनापछि भाइरल भएको छ ।

बीबीसीले यो भिडियोबारे जानकारी लिन संस्थानसँग सम्पर्क गर्ने कोसिस गरेको तर संस्थानबाट कोही पनि जवाफ दिन राजी नभएको बताइएको छ ।

महिनावारीका बेला भयानक भेदभाव

उक्त घटनापछि राष्ट्रिय महिला आयोगको एक समूहले संस्थान पुगेर पीडित विद्यार्थीसँग कुराकानी गरेको थियो । पुलिसले यो घटनाको अनुसन्धानका लागि विशेष दल गठन गरेको थियो ।

अनुसन्धानमार्फत् संस्थानमा पढ्ने छात्रालाई महिनावारीका बेला असाध्यै खराब व्यवहारको सामना गर्नुपर्ने तथ्य फेला परेको छ । उदाहरणका लागि महिनावारी भएका छात्रालाई भुईंतल्लामा सुत्न बाध्य बनाइन्थ्यो ।

भुजको स्वामीनारायण मन्दिरमा प्रकाशित भएको कागजातमा मासिक धर्मलाई एक प्राकृतिक प्रक्रिया बताएको छ । सम्प्रदायले मासिक धर्मबारे आफ्नो विचारलाई सही देखाउन शिक्षा पत्री (स्वामीनारायण सम्प्रदायको एउटा पवित्र गन्थ्र) लाई उद्धृत गर्ने गर्छ ।

शिक्षा पत्रीको १७४ औं श्लोकमा ती आधारहीन नियमको वर्णन गरिएको छ जुन महिनावारी भएका महिलाले कुनै पनि हातलमा पालना गर्नुपर्छ ।

यो श्लोक अनुसार महिलाले मासिक धर्मको सुरुवाती तीन दिनसम्म कुनै व्यक्ति वा सामान छुनु हुँदैन । मासिक धर्मको चौथो दिन उनीहरुले ‘शुद्धि स्नान’ पछि आफ्नो दैनिकीमा फिर्ता हुनुपर्छ ।

 स्वामीनारायण सम्प्रदायको वेबसाइटमा अपलोड गरिएको डकुमेन्टका अनुसार सम्प्रदाय पालन गर्ने पुरुषकी श्रीमतीले आफ्नो मासिक धर्मबारे कहिल्यै पनि लुकाउनु हुँदैन न नै यसबारे झुटो बोल्नुहुन्छ ।

डकुमेन्टमा लेखिएका अन्य कुरा यस प्रकार छन्ः

– महिलाले महिनावारी भएको पहिलो तीन दिनसम्म खाना बनाउनु हुँदैन ।

– महिनावारीका बेला महिलाले केही कुरा पनि छुनु हुँदैन ।

– महिनावारी भएको चौथो दिन ‘शुद्धि स्नान’ का बेला टाउको पनि नुहाउनुपर्छ ।

– ‘शुद्धि स्नान’ पछि पनि चौथो दिन महिलाले बनाएको खाना देवताको प्रसादको रुपमा चढाउन सकिँदैन ।

– यदि मासिक धर्मको क्रममा महिला गल्तीपूर्वक कसैलाई छुन्छिन् भने उनलले एक विशेष हिन्दू तिथिमा ब्रत बस्नुपर्छ ।

मासिक धर्मलाई ‘अपवित्र’ बताइएको छः

यद्यपि, विवाह, चाडबाड वा कुनै धार्मिक कार्यक्रम वा आपतकालीन स्थितीमा महिलालाई यो नियमबाट राहत दिइएको छ ।

स्वामीनारायण सम्प्रदायले यो किताबमा आधुनिक समयमा पनि महिलाले यी नियमको पालना किन गर्नुपर्छ भनेर जानकारी दिएका छन् ।

यो कितामा मासिक धर्मलाई अपवित्र बताइएको छ र यदि महिलाले यी नियमको पालना गर्छिन् तब खाना, परिवारका सदस्य र घरका अन्य सामानको पवित्रता यथावत् रहने बताइएको छ ।

किताबमा यो पनि बताइएको छ कि मासिक धर्मसँग जोडिएको यो नियम वास्तवमा महिलाकै हितमा छ किनभने उनीहरु घर–परिवारको हेरविचार गर्नका लागि कडा मेहनत गर्छन् ।

किताबले भन्छ, ‘कडा मेहनतका कारण महिलाको शरीर पूर्ण रुपमा थाकेको हुन्छ त्यसकारण उनीहरुले महिनावारी भएका बेला आराम गर्नुपर्छ र छुट्टै राखिनुपर्छ ।’

मासिक धर्मको रगतमा किटाणु हुने दाबीः

लेख अनुसार महिनावारीका बेला महिला गम्भीर शारीरिक र मानसिक तनावबाट गुज्रन्छन् । रक्तश्रावका कारण महिलाको मनमा मृत्युको डर र कमजोरी पैदा हुन्छ ।

यो लेखमा मासिक धर्मको रगतलाई असाध्यै फोहोर बताइएको छ । महिलालाई भिन्न राख्नुको पछाडि मासिक धर्मको रगतको गन्ध पनि बताइएको छ ।

लेखका अनुसार महिनावारीको रगतमा केही किटाणु पनि हुन्छ त्यसकारण महिनावारीबाट गुज्रिरहेका महिलाले खाना बनाउन प्रतिबन्ध लगाइएको छ ।

लेखमा भनिएको छ, ‘महिनावारीको बेला महिला असाध्यै भावुक हुन्छन् । उनीहरु चिन्तित रहन्छन् र उनीहरुको व्यवहार निकै निराशाजनक हुन्छ ।’

लेखमा भनिए अनुसार केही मानिस महिनावरीको क्रममा पनि महिलामार्फत् काम गराउँछन् जुन बुझ्न मुश्किल छ । उक्त लेखमा लेखिएको छ, ‘मासिक धर्मका बेला महिला बिरामीजस्तै हुन्छन् र हामीले उनीहरुलाई दया देखाउनुपर्छ ।’

यता स्वामी नारायण मन्दिरका साधुहरुले भुजमा जिल्लाअधिकारी कार्यालयसम्म एउटा र्‍याली र ‘सही सन्दर्भ बिना’ को भिडियो क्लिप भाइरल गर्नेविरुद्ध कारवाहीको माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप