शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब पर्यटकलाई विमानस्थलमा ‘पर्यटन परी’ ले स्वागत गर्ने (फोटोफिचर / भिडियो सहित)

बिहीबार, ०८ फागुन २०७६, ११ : ४०
बिहीबार, ०८ फागुन २०७६

काठमाडौँ । त्रिभुवन विमानस्थलमा दुइवटा रोबोट जडान गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोट जडान गरिएको हो ।

मन्त्री योगेश भट्टराईले एक कार्यक्रमबीच बिहीबार बिहान रोबोट सेवाको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री भट्टराईले पर्यटन वर्षलाई लक्षित गरेर यो सेवा सुरु गरिएको बताए ।

पर्यटन परी नाम दिइएको उक्त रोबोटहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्ष गरी दुई स्थानमा रहनेछन् । उक्त रोबोटहरुले नेपाली अङ्ग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य भिषा प्रक्रिया र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचना लगायतको बारेमा जानकारी गराउने छन् ।

यसको मूल्य २० देखि २२ लाख रुपैयाँ पर्ने बताइएको छ ।

'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप