शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई लेखा समितिको निर्देशन (भिडियो सहित)

बिहीबार, ०८ फागुन २०७६, १३ : ०७
बिहीबार, ०८ फागुन २०७६

काठमाडौं– सांसदहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको प्रिन्टिङ प्रेस खरिद प्रकरणसम्बन्धी अडियो सार्वजनिक भएपछि छानविन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा सांसदहरुले छानविन समिति बनाउन माग गरेका हुन् । 

बैठकमा सांसद मिनेन्द्र रिजालले लेखा समितिका सभापतिको संयोजकत्वमा छानविन समिति बनाउन माग राखेका हुन् ।  

बैठकले अर्को निर्णय नभएसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप