शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको प्रश्न : कमिसन प्रकरणमा सञ्चारमन्त्रीबाहेक नेपथ्यमा को–को संलग्न थिए ?

बिहीबार, ०८ फागुन २०७६, १३ : ०९
बिहीबार, ०८ फागुन २०७६

काठमाडौँ । वर्तमान सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्रीको गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसनको ‘डिलिङ’ गरेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यस विषयको निष्पक्ष छानविन हुनुपर्ने माग गरेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बाँस्कोटालाई पदबाट बर्खास्त गरी जिम्मेवार प्राप्त निकायलाई अनुसन्धान गर्न सहयोग गर्नुपर्ने माग गरेका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद यो सरकारले रद्द गरेको भनिए पनि यसमा ठूलो रकमको घोटाला हुनसक्ने भन्ने गहिरो अनुसन्धान गर्नु जरुरी रहेको शर्माले बताए ।

वाइडबडी अनुसन्धानमा जस्तै ‘शाही आयोग’ को झल्को दिने समिति बनाएर यस विषयमा अनुन्सन्धान गरिए आफूहरुलाई मान्य नहुने पनि प्रवक्ता शर्माको जिकिर थियो ।

नेपथ्यमा को–को थिए ?

नेपाली काँग्रेसले यस प्रकरणमा सञ्चारमन्त्रीको मात्र संलग्ना थियो कि अन्य पनि यसमा संलग्न थिए भन्दै प्रश्न उठाएको छ । पार्टीले यसमा सञ्चारमन्त्रीको व्यक्तिगत सम्बन्ध रहेको वा संस्थागत संलग्ना रहेको भन्दै प्रश्न उठाएको हो ।

‘प्रधानमन्त्रीय प्रणालीमा भएका सबै कुरा अन्तिममा पुग्ने प्रधानमन्त्रीको टेबलमा नै हो । यसमा अन्य क–कसको संलग्ना थियो त्यसबारे छानबिन हुन जरुरी छ,’ प्रवक्ता शमाले पत्रकारसम्मेलनमा भने, ‘दृश्यमा आएको बाहेक नेपथ्यमा को–को संलग्न थिए । यसबारे निष्पक्ष छानविन गरिनुपर्छ ।’

शर्माले यो विषयलाई संसदमा पनि प्रवेश गराउने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप