बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कियाराको टपलेस फोटो सुटले बलिउडमा तहल्का

बिहीबार, ०८ फागुन २०७६, १३ : २६
बिहीबार, ०८ फागुन २०७६

मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी अहिले चर्चामा छिन् । एक टपलेस फोटो सुटका कारण उनी चर्चाको विषय बनेकी हुन् । फोटोग्राफर डब्बु रत्नानीको क्यालेन्टरका लागि उनले उक्त टपलेस फोटो सुट गराएकी हुन् । तस्बिरमा उनले आफ्नो गोप्य अंग एउटा ठुलो पातले छोपेकी छन् । 

तस्बिरमा कियाराको कपाल पनि निकै सुन्दर देखिएको छ । उनको यो तस्बिर केही फ्यानले निकै रुचाएका छन् भने केहीले मन नपरेको प्रतिक्रिया दिएका छन् । उनको तस्बिरलाई लिएर केही ट्रोल समेत बनेका छन् ।
अभिनेत्री कियारा छिट्टै ‘लक्ष्मी बोम्ब’ मा देखिदैछिन् । यो फिल्ममा उनी अभिनेता अक्षयकुमारको अपोजिटमा देखिन लागेकी हुन् ।

यसको अलवा उनी ‘शेरशाह’, ‘भुल भुलैया २’, ‘इन्दू की जवानी’मा पनि देखिँदै छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप