शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सेन्टी भाइरस’को नयाँ गीत ‘ए नि लै’

बिहीबार, ०८ फागुन २०७६, १३ : २५
बिहीबार, ०८ फागुन २०७६

काठमाडौं । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को नयाँ गीत ‘ए नि लै’ सार्वजनिक भएको छ ।

लिरिकल भिडियो सहित सार्वजनिक गीतमा को रुपमा सार्वजनिक गीत सुशान्त गौतमको स्वर रहेको छ । हर्क साउद शब्दको शब्द रहेको गीतको संगीत सुशान्त गौतमले नै गरेका हुन् । 

रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा  श्रीमान् श्रीमति दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने समस्या बिषय बनाइएको छ । 

‘धुर्मुस’ र ‘सुन्तली’कै मुख्य भुमिका रहेको फिल्ममा बुद्धी तामाङ, विल्सन बिक्रम राई,  सन्दीप क्षेत्री, दयाहाङ राई, राजाराम पौडेल, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मो हुन् ।

कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप