डिशहोम लक्की ड्रका बिजेताले जिते एक लाख नगद
काठमाडौं– डिशहोमले ‘डिशहोम मा डिलर दाइको डिस्काउन्ट’ नामक योजना अन्तर्गत माघ २७ गते देखि फाल्गुन १ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ ।
योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १००बाट लाइभ लक्की ड्र प्रसारण भएको थियो । पहिलो लाइभ लक्की ड्रबाट बिजय भएका डिशहोमको सेटअप बक्सको केस नम्बर 02519107484, कावाशोती, नवलपरासीका सुदिप मरासिनी र 02519110650, पोखरा कास्कीकी बिनिता गुरुङ्ग लाई प्रति व्यक्ति एक लाख नगद उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।
बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ । आउने लाइभ लक्की ड्र २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ ।
फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई ९ गतेको लाइभ लक्की ड्रमा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी